Wednesday 14 December 2022

लघुकथा : तारिफ


लघुकथा : तारिफ
- किशाेर सुब्बा (लिम्बु)
...........................
गोक्ते लेखी बस्थ्यो । कथा । कस्ले पढ्यो ? के बुझे ? के के भने ...लेखेर के पायो ? हिसाब गरिबसेन । लेखीबस्थ्यो । फेशबुक आयो । कथाका ग्रुपहरू खुले । गोक्ते पनि जोडियो । ..दुइचारोटा कथाहरू पोष्ट गर्यो ।
साथीहरू जोडिन थाले । कथाका शुभचिञ्तकहरू नि पलाउन थाले ।
"राम्रो लाग्यो ।"
"धन्नेवात "
"कसरी गर्नुहुन्छ ? साह्रै मिठो ।"
"घिरौलै बनाइदिनु भैगयो, नाक ! तर मान्छे चाँहि तितो छु ।"
"मान्छे पनि रमाइलो... "
"मन परेकाे मान्छेको पाद पनि मिठो बास्ना ..भन्छन् ।"
"रिसाउनु हुन्न भने एउटा कुरा सोधूँ ।"
"मनमा लाग्या जति सोध्नुस । दक्षिणा लिन्न ।"
"हजूरलाई भेट्न सकिन्छ ? कि हामी जस्तालाई भेट्न मिल्दैन ?"
"हैट ! पाए त भेट्ने नै हजूरहरूलाई ता हो ।"
"म समय मिलाएर फोन गर्छु है त ।"
"मेरो भाग्गे हुनेछ ।"
.........
"हेलाे ! म रूपा, हजूर कता हुनुहुन्छ ? अहिले भेट्न मिल्छ ?"
"अाे हाे ! रूपाकाे रूपकाे दर्शानार्थ सात खून माफ हे जी !"
(केहीछिन पछि)
"कतै चिया पसलमा बसाैं ?"
"चाेकमा त नाइ के, कसैले देख्याे भने...!"
"...कि गरिबकाे डेरातिरै जाउँ न त । ताताे पानी उतै जुटाउँला ।"
.........
"लौ ! यस्तै छ ।गरिबकाे डेरा ।"
"काठमाडौंकाे डेरा यस्तै त हाे सबैकाे ।"
"सधैं मेराे तारिफले फुर्के बनाउनु भयाे । अाज भने रूपाकाे रूपकाे तारिफ गरेर पैंचाे तिराैं कि ...? पाेष्ट नभएका कथाहरू पढ्नुहुन्छ ?"
"अहिले कुरै गराैं । खै ! हजूरकाे फाेटाे देखाउनु न ।"
(गाेक्तेले माेबाइलका फाेटाेहरू देखायाे)
"अाम्मा...हजूर त म्यारिड हाे ?"
"हैट ! थाहा थिएन !"
"ला..."
"के भयाे ?"
"केही हैन । म जान्छु है । साथीकाेमा नि जानु छ ।"
"लाै ! याे रूपकाे तारिफ गरिरहन पाउँ ।"
केही बेरपछि रूपाकाे फेशबुके हुलाकमा गाेक्तेका लागि भाेटेताल्चा लागिसकेकाे थियाे ।
***

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home