Wednesday, 8 February 2023

कविता: फोसिल

Author: Bhimsen Khapangi Magar


आमा

 

तिम्रा आखाबाट बगिरहने अम्लिय बर्षाले

 

हेर त: तिम्रै छाती का.....ला...

 

कती कम्जोर बनिसकेछ

 

भो नरोउ अब

 

फुकाल शिरको सेतो गम्छा

 

पुछ  बगिरहेका यादहरु !

 

 

 

 त्यो ........ बगिरहेको अरुन किनारमा

 

अब तिमिले

 

ठिङ्ग उभिएको ढुगांमा योगमाया देख्न हुदैन

 

अरुन नदिका सुसाईमा समानताका गीत सुन्नु हुदैन

 

ति सबै भ्रम हुन्

 

अब कहिलै भेटिने छैन योगमाया अरुन किनारमा 

 

 

 

अली माथिको लोकतान्त्रीक चौतारी ढलिसकेछ

 

उभौली साकेला नाच्दैनाच्दै

 

उकाली चढेका सुम्नीमाहरु भेटीदैन आजकल

 

उकाली चढ्ने  ओराली झर्नेहरुको मिलाप हुदैन चौतारीमा

 

भेटिदैन वि.पि

 

वि.पिले छाडेका

 

दुर...दुर... सम्म देख्न सक्ने दोषी चस्मा

 

बरु भेटिन्छ समाजवादी बोरामा लुकाएर नलुकेका

 

छरपष्ट सतिका फोसिलहरु

 

दासत्वका फोसिलहरु

 

जो बर्षौदेखि मुक्ति मागिरहेछ 

Labels:

Sunday, 5 February 2023

जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीको संलग्नता किन ?

Author: प्रमेश पोखरेल
विश्वका ग्रामीण तथा शहरी क्षेत्रमा वसोवास गर्ने निम्न आय भएका किसान, श्रमिक, आदिवासी तथा जनजाति लगायतका समूदाय जलवायु परिवर्तनको चपेटामा परेको समयमा मानवशास्त्रको ध्यान पनि त्यस तर्फ आकर्षित हुनु स्वभाविकै हो । मानवशास्त्रीहरू जुनसुकै क्षेत्र र समूदायमा पुग्दा पनि त्यहाँका स्थानीय जनताद्वारा जलवायु र मौसम सम्बन्धि छलफल र गुनासाहरू सुन्नुपर्ने क्रम तिव्र हुदै जादा जलवायु परिवर्तनबारे मानवशास्त्रीय दृष्टिकोण के हो ? र यसमा मानवशास्त्री संलग्नहुनुहुन्छ या हुनुहुदैन भन्ने सम्वन्धमा विभिन्न विचारहरू अगाडी आएका छन् । अहिले मानवशास्त्र विषय भर्खरै अलग विषयको रुपमा नेपालमा पठनपाठन सुरुभई फरक पहिचान बनाउदै गरेको परिपेक्षमा जलवायु परिवर्तन जस्ता उदाउँदा समस्याबारे यस विषयको दृष्टिकोण र यिनीहरुको भुमिकाको विष्लेषण सांदर्भिक रहला ।

जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीको संलग्नता र मानवशास्त्रीय ज्ञानको आवश्यकता पुष्टि गर्न केहि तर्कहरू अघि सारिएका छन् । यस मध्ये पहिलो तर्क के छ भने मानवशास्त्रको केन्द्रविन्दु संस्कृति र मानव व्यवहार भएकोले जलवायु परिवर्तनका कारण समाज, संस्कृति, मानवीय अभ्यास र व्यवहार जीवन पद्धति र पर्यावरणीय सम्बन्धमा परेका प्रभावहरुको मानवशास्त्रीय विष्लेषण महत्वपुर्ण रहन्छ । जलवायु परिवर्तनको विषयमा मानवशास्त्रीय संलग्नताबारेको दोस्रो तर्क के छ भने, मानवशास्त्रको केन्द्र पिछडिएका जाती, समूदाय, आदिवासि, जनजाती, उत्पीडित वर्ग र समूदाय हुन् । यी समूदाय प्रकृतिमा बढी निर्भर रहनेहुँदा पारिस्थितिक प्रणालीका महत्वपुर्ण अंग हुन् र पारिस्थितिक प्रणालीको सन्तुलनमा महत्वपुर्ण भुमिका खेल्दछन् । तर तिनै समूदाय आज सबैभन्दा बढि जलवायु परिवर्तनको चपेटामा परेका छन् । त्यसैले पनि मानवशास्त्रीय विधिहरू कार्यक्षेत्र अध्ययन, प्रजातीय अध्ययन, वैयक्तिक अध्ययन गर्ने क्रममा मानवशास्त्रीहरूले सवैभन्दा बढी आफ्नो कार्यक्षेत्रका समूदायले झेलीरहेको ज्वलन्त सवालहरुसँग प्रत्यक्ष जुध्नुपरेको छ र त्यसवारे केहि बोल्नै पर्छ । अझ ती समूदायका सवालको जवाफ मानवशास्त्रीय हुनु आवश्यक छ । त्यसैले पनि जलवायु परिवर्तनवारे मानवशास्त्रीय दृष्टिकोण र यसमा मानवशास्त्रीको भुमीकावारे स्पष्ट हुनु आवश्यक छ ।

जलवायु परिवर्तनका सवालमा मानवशास्त्रीय संलग्नता आवश्यक रहेको अर्को तर्क के हो भने जलवायु परिवर्तको कारण र समाधान मानवीय व्यवहारसंग सम्बन्धित छ । सामूहिक र सामूदायिक व्यवहारको अध्ययन गर्ने विषय भएकोले पनि जलवायु परिवर्तनसंगको अनुकुलन र हरितगृह ग्याँसको उत्सर्जन कम गर्ने कार्यमा सबैभन्दा महत्वपुर्ण संलग्नता मानवशास्त्रीको रहन्छ । जलवायु परिवर्तनका विभिन्न कारण मध्ये उपभोक्ताको संस्कृति र विलासिताका व्यवहार पनि एक हो । किनभने यिनै व्यवहारका कारण हुने हरितगृह ग्यासको बढी उत्सर्जन पनि जलवायु परिवर्तनको समस्या सृजन गर्ने कारण हो । त्यसैले यसको विश्लेषणमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्दछ । विकसीत देशका नागरिक तथा उपभोक्ताको संस्कृति र विलासिताका व्यवहारका कारण हुने प्राकृतिक स्रोतको विनाश र हरितगृह ग्यासको उत्सर्जनले गर्दा पनि जलवायु परिवर्तन भएको तर्क छ । जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो र सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । जसको लागि मानवीय व्यवहार र सोचाइमा परिवर्तन आवश्यक पर्दछ । मानवीय व्यवहार र सोचाइको व्यवस्थित र बैज्ञानिक अध्ययनको एकमात्र विषय भएकोले पनि जलवायु परिवर्तन अनुकुलन र हरितगृह ग्यास उत्सर्जन कमि गर्नमा मानवशास्त्रीय ज्ञानको आवश्यकता पर्नेछ । त्यसैगरी जलवायु परिवर्तन अनुकुलन प्रक्रियामा स्थानीय ज्ञान, सिप र व्यवहार महत्वपुर्ण मानिन्छ । त्यसैले समूदाय सापेक्ष र जन केन्द्रित स्थानीय अनुकुलनका अभ्यासको खोजी, अध्ययन र अनुसन्धानमा मानवशास्त्रको महत्वपुर्ण देन रहन्छ ।

जलवायु परिवर्तन नयाँ विषय हो र यसमा अध्ययन अनुसन्धान र दृष्टिकोणहरू विकास हुने क्रममा छन् । जलवायु परिवर्तनसम्बन्धि अझ बृहत र स्थानीय स्तरका धेरै अध्ययन र अनुसन्धानको आवश्यकता छ । यस सम्वन्धि अझ बृहत अध्ययन अनुसन्धान गरी यसका प्रभाव, अनुकुलन र यस सम्वन्धि दृष्टिकोणहरू विकास गर्नका लागि पनि यस विषयमा मानशास्त्रीय संलग्नता अर्थ पुर्ण रहन्छ । अहिलेको जलवायु परिवर्तन मानवीय कारण भए पनि मानव उत्पत्ति र विकासको क्रममा यस्ता परिवर्तनहरू धेरै पटक भएका छन् । मानव उत्पत्ति र विकासको संदर्भमा यी परिवर्तनलाई वरफयुग भनिन्छ । विभिन्न वरफयुग र अन्तर वरफयुगको अध्ययन र त्यसको मानव विकासमा परेको प्रभाव अध्ययन अनुसन्धानबाट जसरी मानवशास्त्रमा मानव उत्पति र विकासलाई वुझ्न सहयोग पुग्दछ ठिक त्यसैगरी अहिलेको जलवायु परिवर्तनलाई व्याख्या विश्लेषण गर्न साथै अनुकुलनको प्रकृयामा आवश्यक प्राग ऐतिहासिक अध्ययनका निम्ति पनि मानवशास्त्रको महत्वपुर्ण भुमिका हुन्छ । अझ महत्वपुर्ण तर्क के भने मानवशास्त्र विषय र जलवायु परिवर्तन दुवैको इतिहाँसको प्रारम्भ र विकासक्रम एक आपसमा अन्तरसम्बन्धित छ । त्यसैले शक्तिशाली वा विकसीत भनीएका देशले कम विकसीत देशका श्रोतसाधनहरूमाथि एकाधिकार कायम गर्ने तथा ती श्रोतको मनलागि दोहन गर्ने क्रममा जलवायु परिवर्तनको समस्या उब्जिएझै त्यसै समयमा शक्तिशाली वा विकसीत भनीएका देशले कम विकसीत देशका समाज, संस्कृति र राष्ट्रलाई उपनिवेश वनाउने र ती समूदायको अध्ययन गर्ने क्रममा मानवशास्त्रको जन्म भयो । त्यसैले सामा्रज्यवाद, विस्तारवाद, औपनिवेशीकरण र पूँजीवाद जस्ता राजनीतिक विषयको ऐतिहासिक व्याख्याले मात्र जलवायु परिवर्तनलाई बुझ्न सहयोग गर्दछ । 

अझ भन्ने हो भने दुवै विषय विश्व राजनीतिको अध्ययन विना संभव छैन र यसको विष्लेषणमा मानवशास्त्रको भुमिका रहन्छ । जलवायु परिवर्तन न्याय र अधिकारको सवाल पनि हो विश्वका ति जनता जो यो परिवर्तनको निम्ति जिम्मेवार नै छैनन् वा सबै भन्दा कम जिम्मेवार छन् ती जनता नै यो प्रक्रियाबाट सबैभन्दा बढि प्रताडित छन् । ती समूदाय मानवशास्त्रका केन्द्र हुन् । त्यसैले पनि न्याय, समानता, र सिमान्तीकृत समूदायको अधिकार र उत्थानकालागि पनि मानवशास्त्रीय संलग्नता महत्वपुर्ण छ । त्यसैले जलवायु परिवर्तन सम्बन्धि जिज्ञासा समाधान गर्न र स्थानीयस्तरका समस्या निराकरण गर्न मानवशास्त्रको जलवायु परिवर्तन सम्बन्धि संलग्नता महत्वपुर्ण भै रहेको छ । त्यति मात्र होइन अझ जलवायु परिवर्तन, अनुकुलन र क्षमता अभिबृद्धिको क्रममा स्थानीय, दिगो र जनस्तरीय प्रतिक्रियाहरुको लागि मावशास्त्रीय संज्ञानको महत्व रहन्छ । जलवायुसंगै संस्कृति र रहनसहनमा आएको परिवर्तन र यसका प्रभाव पनि मानवशास्त्रीका लागि नैतिक र व्यवसायिक सवालको रुपमा देखिएका छन् । राजनीतिज्ञ, मानवशास्त्री मात्र होइन अहिले जलवायु परिवर्तन सबै क्षेत्र विषय र सम्प्रदायको बहस र छलफलको विषय बनेको छ त्यसैले अझ मानवशास्त्रलाई व्यवहारिक वनाउने, सार्वजनिक हितका प्रयोग गर्ने, अधिकारकर्मीको दृष्टिले हेर्दा वा मध्यस्थता वा सहजकर्ताको भुमिका निर्वाह गर्न पनि, यस सम्वन्धि बहसमा मानवशास्त्रीय जिम्मेवारी र यी प्रश्नसंग सम्बन्धि वृहत सैद्धान्तिक अवधारणाको आवश्यकता देखिन्छ ।

जलबायु परिवर्तनले हामीलाई सिकाउँदे छ कि संसारमा मानवीय आवश्यकताको नाममा गरिएको वस्तु तथा सेवा उत्पादनको प्रभुत्वशाली प्रकृयामा खरावी छ । नाफाको खोजी र व्यापारमा टिकीरहने महत्वकांक्षाले हाम्रो पृथ्वी र जीवनलाई संकटमा पारेको छ । आज शक्तिमा भएका व्यक्तिको अनुत्तरदायित्व र स्वार्थका कारणले संसारका मानिसहरू पिडित छन् । किनकी हरितगृहग्यासको उत्र्सजनमा यिनीहरुनै प्रमुख रुपमा दोषि छन् । त्यसैले जलबायु परिवर्तनले हामीलाइ व्यक्तिगत र सामूहिक उत्तरदायित्वको बोध गराएको छ । यो तितो यथार्थ हो कि हामी व्यक्ति नभई जाती हौ, विभिन्न आर्थिक वर्गमा बाडिएका, वातावरणबाट अलग्यिका जाति । त्यसैले पृथ्वी विगार्ने जो भएपनि भोग्ने हामी सबै हौं । जलबायु परिवर्तन प्रकृतिको यो चुनौति हो कि मानव प्रजाती पृथ्वीको स्पष्ट संरक्षक हुन असफल भयो त्यसैले उसले आफ्नो कार्य र गल्तीको असर सामूहिक रुपमा भोग्ने छ, हामी सबैले भोग्ने छौं । समयमै बानी व्यवहार सच्याएनौं भने । मानवशास्त्र मानीसको व्यवहार र संस्कृतिको विज्ञान हो । जलवायु परिवर्तनको असर हरेक क्षेत्र र समूदायमा परेको छ त्यसैले यसको समाधान बहुआयामिक र समग्रताको दृष्टिकोणबाट मात्र सम्भव छ । वातावरण विज्ञान र अन्य सामाजिक विज्ञान भन्दा बहुआयामिक, सामान्य र समग्रताका विधि प्रयोग गर्ने एकमात्र विषय मानवशास्त्र हो र यस संदर्भमा यो विषयको भुमिका समन्वयकारी र मार्गनिर्देशक रहन्छ । त्यसैले पनि मानशास्त्रीय संलग्नता आवश्यक छ ।

जलबायु परिवर्तन मानवीय क्रियाकलापको कारण भएको हो । त्यसैले सबै प्रकारले मानिसले यसलाई रोक्न सक्छन् । तर जलबायु परिवर्तन रोक्न व्यवस्थित र बैज्ञानिक परिवर्तनको आवश्यकता पर्नेछ । जलवायु परिवर्तन सम्बन्धि भएका छब्बीसवटा विश्वसम्मेलनले विषयवस्तुमा ध्यानाकर्षण गरेता पनि समस्याको दीर्घकालीन समाधान गर्ने कुरा भने अझै अपुर्ण रहने सम्भावना छ । हाम्रो देशमा पनि समयमानै सचेत भै उपयुक्त कदम चाल्नु आवश्यक छ । नत्र एउटा ठुलो प्राकृतिक प्रकोप र आर्थिक संकटको चपेटामा हामी पर्न सक्छौं । त्यसको लागि विकसीत देशले हरितगृह ग्याँसहरूको निस्कासनमा जोडदार कमी ल्याउनु पर्नेछ । वस्तु तथा सेवाको उत्पादनको पद्दतिमा ठुलो परिवर्तन ल्याउनु पर्नेछ । हामी जलबायु परिवर्तनलाई रोक्न सक्छौं तर हामीले भर्खरै त्यसतर्फ लाग्न शुरु गर्नुपर्दछ ।

***

(पोखरेल त्रिवि अन्र्तगत मानवशास्त्र प्राध्यापन गर्नुहुन्छ)


Labels: ,

Wednesday, 1 February 2023

तिथि

Author: Bhimsen Khapangi Magar

खै कहिले भयो ?

तिम्रो र मेरो प्रेम सम्बन्धको मृत्यु 

तिथि कहिले पर्छ ?

आसुमा पकाएर 

बिस्णुपादुकामा बगाउनु छ, पिण्ड ।

र 

सदा...सदाका लागि अन्त्य गर्नु छ, सराद्दे ।

तिथि कहिले पर्छ ?

Labels:

Thursday, 26 January 2023

जातीय असमानताबारेका विभिन्न दृष्टिकोणहरु

  • विश्वव्यापी असमानताका विविध आयामहरु

Author: Pramesh Pokharel
अहिलेको विश्वमा संसारको लगभग सवै समाजमा अन्याय, अत्याचार, शोषण, विभेद र असमानता व्याप्त छ । लगभग सवै समाजमा वर्गहरु र वर्गका आधारमा असमानता र विभेदहरु रहेका छन् । मानिसहरुलाई विभाजन गर्ने विभिन्न प्रकारका धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक आदी प्रणालीका कारणले समाजका व्यक्तिहरुको सामाजिक स्थान, हैसियत, पद, प्रतिष्ठा समान हुदैन । माक्र्सवादीहरु व्यक्तिगत सम्पतिको उदय यसको कारण रहेको तथा दास युगदेखि बर्गीय समाज देखिएको र समाजवादको विकासका क्रममा यस्ता खाले असमानताको अन्त्य हुदैजाने व्याख्या गर्दछन् । तथापी सामाजिक स्तरीकरण र विभेदका विभिन्न स्वरुपबारे फरक  फरक मत रहेका छन् । विभिन्न व्यवस्थाले समाजका सदस्यहरुलाई उच्च, निम्न, कमजोर, शक्तीशाली गरी तह तथा वर्गमा छुट्टाउने गर्दछ । यस्तै सामाजिक असमानता सृजना गर्ने एक प्रणाली जाती व्यवस्था हो । जाती व्यवस्था हिन्दू समाजमा मात्र पाइने असमान वर्गीकरण हो । यो अमानवीय छ, शोषण, विभेद, हिंसा, अत्याचारमा आधारीत छ । यसलाई हटाउन आवश्यक छ । त्यसका लागि यसबारे बुझ्न पनि उत्तिकै महत्वपुर्ण छ । कृषि सामाजिक जीवनको आधार मात्र होइन, बर्बरता र असमानताको पनि जग हो स्थायी बसोबासमात्र होइन सम्पुर्ण सामाजिक जटिलता, राज्य, सहर, अर्थतन्त्र, धर्मलगायतका सामाजिक प्रणालीहरुको आधार नै कृषि थियो । स्थायी बसोबासका लागि कृषिको सुरूवात् महत्वपुर्ण थियो । 


मध्यपुर्व एसियाको उर्भर क्रेसेन्ट भनिने इराक र आसपासको क्षेत्रमा लगभग ११५०० वर्ष अघि सरु भएको प्राणी तथा वनस्पतिको घरेलुकरणलाई सामाजिक जीवनको आधार मानिन्छ । कृषिको अभ्यासले ओढार, गुफा, जङ्गलमा ओत लागेर होइन अव कृषि गरेकै स्थानमा छाप्रो, झुपडी र थर्कुहरू बनाई बस्न थाले । स्थायी बसोबासले मानिसको परिवारको आकारमा परिवर्तन ल्यायो । विवाहको संरचनामा परिवर्तन ल्यायो । अनि विस्तारै गाउँ, टोल, समुदाय, वा सहरका संरचनाहरू बन्न थाले । बस्ती र सहरहरू नै सुरूको राज्यका आधारहरू बने । यसरी लगभग ८ हजार वर्षअघिबाट मानिस स्थायी रूपमा बस्ने, खेती गर्ने र राज्यमा बस्ने गर्न थाल्यो । व्यक्तिगत सम्पत्तिको उदय भयो । खासमा सामाजिक असमानता, विभेद, शोषण र दमनको आधार पनि कृषि नै हो । कृषिको विकाससँगै नीजि सम्पति, राज्य, परिवार, विवाह लगायतका संस्थाहरुको विकास हुनु नै सामाजिक असमानता र त्यसको संस्थागतकरणको आधार बन्यो । जाति, वर्ग, बासी, आप्रबासी आदि यहिबाटै सुरु हुन थालेका हुन् । तथापी यसको विकासक्रमको लामो इतिहास रहेको छ । राज्य सञ्चालनका लागि स्थानअनुसार विविध किसिमका शासनप्रणाली विकासित भए । धेरै समूह गणको रुपमा कविला राज्य बने तर केहीमा राजा महाराजाहरूको पनि विकास हुन थाल्यो । यसरी कृषिको विकासका कारण आदिम अवस्थामा रहेको मानव समाजमा विविध पक्षको विकासहँुदै गर्दा जटिल बन्न पुग्यो । राज्य र राजनीति, अर्थव्यवस्था, सेना, प्रहरी, प्रशासन, परिवार, विवाह लगायतका थुप्रै संस्था र सङ्गठनको यसै समयमा विकासक्रम भयो । राज्यको उत्पति र विकासक्रम राज्य तथा राजनीतिक संस्थाको विकासक्रमका विभिन्न चरणहरूबारे मानवशास्त्रीहरूले व्याख्या गर्दछन् । 


लगभग ८ हजार वर्ष अघि विश्वमा पहिलो शहरहरु देखा परे । तथापी राज्यको विकासक्रमका मुख्य चार चरणहरू रहेको व्याख्या गरिन्छ । झुण्ड (Band), कविला या यायावर(Tribes), मुखिया (Chiefdom), राज्य (State) । मानव पहिलो चरणमा झुण्डकै रूपमा रहे । त्यसबेला सामुहिकताको भावना र सामाजिक संस्थाहरूको समेत विकास भएको थिएन । आधुनिक मानवको उत्पतिपछिको समयमा सामान्य सांकेतिक भाषाको विकाससँगै लगभग एक लाख वर्ष अघि देखि उनीहरूमा सामुहिक अभ्यास र संजाल बन्यो । तर यहाँ सामाजिक असमानता र स्तरीकरणबिना नै समुहको नेतृत्वको प्रचलन रह्यो । धेरैले यी समुहहरु मातृप्रधान थियो भन्दछन् । यो अवस्था विकसीत हुँदै कविला समाजमा परिणत भयो । जब यी कविला समाजमा नेतृत्व जन्म वा वंशका आधारमा हुने तथा समाजमा व्यक्तिगत सम्पतिका कारण असमानताहरू सृजना भयो यसले वर्ग जन्मायो । अनि यही वर्गीय असमानतामा आधारित समाजको अवस्था मुखिया, सामन्त र शासकको रूपमा रहे । त्यसबाट विकसीत अवस्था राज्य हो । जनसंख्या, शासक, कानुन, भौगोलिक क्षेत्रको स्पष्टता हुँदै आजको राज्यको रुपमा विकसित भयो । राज्यको उत्पतिसँगै राज्यलाई व्यवस्थीत बनाउने विभीन्न प्रयासहरु भए । श्रम विभाजन, विभिन्न धार्मिक प्रचलन, सामाजिक व्यवस्था स्थापीत हुदै गए । दक्षीण एशियामा वर्णव्यवस्था पनि यतिबेला देखा परेको मानीन्छ । यहि वर्ण व्यवस्थामा विचलन र बहिष्करणहुँदा तथा राजनीतिक र धार्मिक बन्देजहरुसहित प्रथाको रुपमा जाती व्यवस्थाको उदय भयो । राज्य र व्यक्तिगत सम्पत्तिको धारणाको विकासपछि विस्तारै कृषिबाट अतिरिक्त उत्पादन सुरु भयो । यसले वस्तु विनिमय र व्यापार सुरु भयो । मुख्य गरी नाइल, येल्लो, इयुफ्रेटस, टिग्रिस, सिन्धु आदि नदीको किनारका सहरमा सभ्यता विकास भए । दक्षिण एसियामा गङ्गा किनारमा बस्ती वा सहर बस्यो । 


हालको इराक आसपास पर्ने मेसोपोटामिया विश्वको पहिलो ठुलो र व्यवस्थित सहर हो । त्यसपछि इजिप्टमा सभ्यताको विकास भयो । मेक्सिकोको माया सभ्यता, चिनको सभ्यता आदिको विकास हुँदै गयो । हरप्पा र महेन्जोदारो दक्षिण एसियाका पुराना सहर हुन् र यी सहर विश्वमा त्यतिबेला विकास भएका अन्य सहरभन्दा निकै उत्कृष्ट थिए । लगभग ५५०० वर्ष अघिदेखि ३५०० वर्ष अघिसम्म अस्तित्वमा रहेका ती सहर पछि ध्वस्त भएर गए । जातीय असमानताको परिचय जातीय व्यवस्था हिन्दू वर्णव्यवस्थामा आधारित पेसागत वर्गीकरणको विकृत रुप हो जसले जन्मजातरुपमा समाजका सदस्यलाई विभाजन गर्दछ । अत्यन्त कठोर यो सामाजिक विभेदीकरणले सबैभन्दा तल्लो वर्गका दलित/शुद्र भनिने समुदायलाई त अछुत वर्ग भनी धार्मिक र सार्वजनिक ठाउँ तथा माथिल्लो वर्गसँगको सामान्य हेलमेलमा पनि निषेध गर्दछ । अमानवीय शोषणकारी यही व्यवस्थाकै कारण दलित भनिने समुदाय आर्थिक, राजनीतिक तथा सामाजिक–सास्कृतिक रूपमा पछाडि परेकाछन् । यो प्रथा संसारभर होइन हिन्दू समाजमा मात्र पाइन्छ र यो जन्मका आधारमा निर्धारण हुन्छ । धन, सम्पति वा क्षमता वा योग्यताका आधारमा होइन । यसमा मुख्य जातिको निश्चित पेसा हुन्छ र खानपिन, विवाह आदिमा कठोर प्रतिबन्ध हुन्छ तर हरेक जातमा अनेक उपजातहरु पाइन्छन् । धेरैलाई थाहा छ कि जातीय व्यवस्था हिन्दू समाजभन्दा बाहेकका समाजमा पाइँदैन । विश्वमा पाइने रंगविभेद, इस्टेट तथा अन्य असमानताका रूपहरू जातीय व्यवस्थाभन्दा धेरै फरक छन् । थुप्रै पश्चिमी इतिहासविद्, पुरातत्वशास्त्री तथा मानवशास्त्रीले वर्ण र  जाति व्यवस्थाका बारेमा अध्ययन गरेका छन् । त्यसैले जाति व्यवस्थाको उत्पतिबारे अनेकन मत छन् । भारतीय समाजशास्त्री जि. एस्.गुर्ये, एम. एन. श्रीनिवास, राजनीतिशास्त्री अम्वेडकरमात्र होइन बाह्य मानवशास्त्री जेराल्ड वेरेमान र लुइस डुमोन्टका यससम्वन्धी अध्ययनले निकै समय चर्चा पाए । तर आजको ताजा बुझाइ फरक र समृद्ध छ । पुराना बुझाईमा परिवर्तन आएको छ । मतहरु बाझिएपनि जातीयव्यवस्थाको सुरुवात् भारतीय उपमहाद्वीपमा आर्यनहरूको प्रवेशपछि सुरु भएको अनुमान छ । लगभग ३५ सय वर्षअघि उत्तर एसिया र दक्षिणी यूरोपबाट बसाइ सरी यस उपमहाद्विपमा प्रवेश गरी द्रविडीयन, मङ्गोलीयन र अष्ट्रेलीयन प्रजातिलाई भुगोल र शासनबाट विस्थापन गर्दै आफ्नो आधिपत्य फैलाएका आर्यनहरूले नै समाजलाई स्तरीकृत गरेको मानिन्छ ।


  • जाति व्यवस्थाको उत्पत्ति सम्वन्धी मान्यताहरू

जाति व्यवस्थाको उत्पत्ति सम्वन्धी सिद्धान्तहरु र मान्यताहरू विविध छन् ।

  1. हिन्दू धर्मग्रन्थ ऋग्वेदका अनुसार आदि मानव पुरुषले आफ्नोे शरीरको ध्वंस गरी आफ्ना अङ्गहरू क्रमशः टाउको, हात, शरीर र खुट्टाबाट ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको जन्म गरेको उल्लेख छ । यो धार्मिक ब्याख्या हो ।
  2. त्यसैगरी अर्को धार्मिक व्याख्याअनुसार मानिसको लक्षण र चरित्रअनुसार सत्व (ज्ञान, बुद्धि र विवेक)गुणका ब्राह्मण, राजा (आकाङ्क्षा, घमण्ड र सम्मान) गुणका क्षेत्री र वैश्य तथा तामा (मुर्ख र अल्छी) गुणका लागि शुद्र गरी विभाजन गरेको मान्दछ । यसले सत्व गुण श्वेत, राजा गुण रातो र तामा गुण कालो रङ्गको प्रतिक हो भनेका छन् । यसले रंगका आधारमा समेत विभाजन गर्न खोजेको व्याख्या गर्दछ । तर यी धार्मिक व्याख्याको बुझाई वैज्ञानिक होइन ।
  3.  जैविक सिद्धान्तले छालाको रङ्गको आधारमा सेतो, रातो, पहेँलो वर्णका लागि क्रमशः ब्राह्मण, क्षेत्री र वैश्य मानिएको ठान्दछ । खासमा वर्णको अर्थ पनि रंगको आधारमा गरिने वर्गीकरण बुझिन्छ भन्ने व्याख्या छ । साथै केही अनुवंशसम्वन्धी अध्ययनकर्ताले समेत अनुवंश र रङ्गका आधारमा यूरोपमा जस्तै ३ वर्णको प्रचलन आर्यनले मध्य एसियाबाट दक्षीण एसियामा भित्राएका र त्यसैको विकसीत रुप जाती व्यवस्था हो भन्ने तर्क छ । शुद्र जात भने केहि समय दक्षीण एशियामा बसोबास गर्दै जादाँ विकास भएको मान्दछन् । यहाँका कालो वर्णका मानिसका लागि शुद्र भनिएका यिनीहरूको तर्क छ । तर यो जैविक वर्ण व्यवस्थाको सिद्धान्त पनि हाल धेरैले अस्वीकार गरिसकेका छन् ।
  4. भाषिक तथा ऐतिहासिक तर्कहरूले भाषाका आधारमा जातिलाई वर्गीकरण गर्दछन् । आर्यनहरूको भाषा जर्मन, ग्रिक, ल्याटिन र सेल्टिक भाषासँग संस्कृत भाषाको समूह मिल्दछ । त्यसैले आर्यनहरुले नै आफ्नो जन वा समूहलाई उच्चस्थानमा राखी जातीय वर्गीकरण गरेको हुनसक्छ । लगभग सिन्धु सभ्यताको विनाश र आर्यहरूको आगमनलाई आजभन्दा ३५०० वर्षअघि मान्ने हो भने यस आधारमा कतिपयले आर्यहरूको आक्रमण र सभ्यताको ध्वंसको पनि कुरा गर्दछन् । तर हाल मेहेन्जोदारे र हरप्पा सभ्यता आर्यनहरुले बनाएको या ध्वस्त गरेको भन्ने तर्क गलत सिद्धभइसकेको छ । यो ड्रभिडियनहरुले बनाएका थिए ।
  5. सामाजिक ऐतिहासिक सिद्धान्तले आर्यनहरुको आगमन पछि उनीहरुले त्यहाँका रैथानेहरुलाई दक्षीण र उत्तर तर्फ विस्तापन गर्दै आफुहरुबीचमा राजकाज गर्ने क्षेत्रीय, धर्मकर्म गर्ने ब्रामण तथा कृषि, व्यापार र कलाकौशलका काम गर्नेलाई वैश्य गरी तिन भागमा विभाजन गरेको मान्दछ । पछि ब्रामण र क्षेत्रीको शक्तीसंघर्षमा ब्रामण उपल्लो जातमा परिणत भएको मान्दछ। तथापी मनुमृतिले ब्रामण र क्षेत्री वर्गको वर्गीय हीत एकआपसमा मिल्दा मात्र हुने कुरा स्पष्ट पारेको देखिन्छ । आर्यनहरुको स्थानीयसँगको अन्र्तघुलनबाट आएको पुस्ता, आर्यनले दासको रुपमा प्रयोग गरेका स्थानीय समूदाय तथा अन्य बाह्य समूह शुद्र जातीको रुपमा लिइएको व्याख्या छ । विस्तारै बाह्य समूदायको पेशा, शक्ती र हैसियत अनुसार उनीहरुलाई जाती व्यवस्थामा समाहित गरेको मानन्छि । तर पुरातात्विक अवशेषहरूले यसको समर्थन गर्दैन ।
  6. माक्र्सवादीहरु यसलाई स्वीकार गर्दैनन् । खासमा जात र वर्णमा भिन्नता छ । विश्वमा जनसंख्या बढ्दै जाँदा लगभग उस्तै समयमा समाजमा श्रम विभाजन आवश्यक भयो । युनान, चिन, ग्रीक सवैमा यस्तो श्रमसमूह देखियो । यहाँपनि यस्तै श्रम विभाजन भयो तर यहाँ विभाजनहुँदा या वर्ण व्यवस्था बन्दा यो बन्द व्यवस्था र अपरिवर्तनीय बन्न गयो । वर्ण व्यवस्था भनेको खासमा सुरुको वर्ग व्यवस्था हो भनिन्छ । तर वर्ण व्यवस्थामा विचलन र हस्तक्षेपहरु हुन थाले । शासक वर्गले आफ्नो अनुकुलका नियमहरु र बन्देजहरु थप्दै गए । वैश्य र शुद्र भित्र समेत विभिन्न पेशाका आधारमा जातहरुको विकास हुँदै गए । यसरी जव तल्लो वर्गको जीवन गरिवी, दमन, अपमान र अत्याचारमा बाच्न बाध्य भयो । त्यसको विरुद्ध संघर्ष र विद्रोह पनि हुन थाले । यस क्रममा निम्न मानीएका जातहरुलाई सार्वजनिक जीवनबाट वहिष्करण हुन थाल्यो । यसबाट छुवाछुतको प्रथा विकास भएको मानीन्छ । त्यसैगरी आर्यनहरुको आगमनले दक्षीण एशियामा दास युगको जन्म भयो । गैर आर्यहरुलाई तल्लो जात र दासको रुपमा परिणत गर्दै गए । साम्राज्यवादको चरणमा एक आर्य राज्यले अर्को आर्य राज्यमाथि आक्रमण गर्दै जाँदा हारेका आर्यहरुसमेत दासको रुपमा परिणत हुँदै गए । यसरी पंचम वर्णको रुपमा उत्पीडीत, उपेक्षीत समूहको रुपमा दलीतको सृजना भयो ।

हालका मानवशास्त्रीय, पुरातात्विक तथा आनुवंशिक सिद्धान्तहरूको निष्कर्ष नै आजको ताजा बुझाइ हो । यसले दक्षिण एसियामा आदिम समयदेखि बस्दै आएका आधुनिक मानवका समूहहरू, लगभग १०००० वर्षअघि कृषिको विस्तार गर्दै आइपुगेका मेसोपोटामिया आसपासका समूहहरू तथा पछिल्लो समय इरानी पर्वतीय क्षेत्रबाट पशुपालन गर्दै आइपुगेका आर्यहरूको समिश्रसण नै दक्षिण एसियाको जनसंख्या भएको र यहाँका सवै जातिहरूमा विभिन्न अवस्थामा ती तीनवटै समूहको अनुवंश भएको व्याख्या गर्दछन् । त्यसैले जाति व्यवस्था आर्य, द्रभिडियन र आदिमवासी कविलाहरूबीचको विशुद्ध विभाजन नभई अन्तर्घुलित र मिश्रित विभाजन हो । जातीय विविधता र वर्णाश्रम प्रथाका फरक फरक स्वरूपहरूले पनि यस्तै बुझाउँछ । (Boivin, 2007) नेपालमा तिब्बत बर्मेली भाषा समूहतथा मंगोल नश्लका समुदायको समेत मिश्रण रहेको छ । त्यसैले आजको ताजा बुझाई हामीले बुँदा ५ र ६ मा गरेको व्याख्याको नजिक छ । विश्वासिलो र ताजा व्याख्या संश्लेषणत्मक र संक्षीप्त रुपमा वर्ण भनेको श्रम समूह हो । वर्ण र जातीमा भिन्नता छ । वर्ण केवल चार छन् र यसको आधार रंग र पेशा हो । यसको सुरुवात् लगभग ३५०० देखि ३८०० वर्ष अघि आर्यनहरुको दक्षीण एशियामा बसाइसराइँपछि भयो । सुरुमा वर्ण व्यवस्थामा बन्देजहरु तथा अछुत प्रथा थिएन । लगभग २५०० वर्षपछि मात्र यसको विकास भयो । पछि पेशागत विभाजन जन्मजात र अपरीवर्तनीय बन्यो । यसले वर्णलाई जातको रुपमा विकास ग¥योे । सजिलै  बुझ्न सकिने कुरा के भने समाजमा श्रम विभाजनको सुरुवातसगै अत्यन्त कम संख्यामा रहेको ब्रामण, क्षेत्री र वैश्यले धर्म र राज्यसत्ताको आडमा बहुसंख्यक शुद्रमाथि शासन गर्न तथा उनीहरुलाई दबाउन विभिन्न किसीमका बन्देजहरु लगाउँदै गए । पेशाको परिवर्तनलाई मनुस्मृतिले अपराधको संज्ञा दिएको छ । यसरी वर्ण कठोर बन्दै गयो । श्रमविभाजनको क्रममा जम्मा चार वर्ण वा श्रम समूह मध्ये सेवा र सिपमुलक कार्य, भौतिक विज्ञानका कार्य, संगित, सूचना वा कटुवालका काम गर्नेहरुलाई शुद्र वर्गमा राखीयो । यस क्रममा पछिमात्र अछुत प्रथा देखियो । छुवाछुत सम्वन्धी विभिन्न सिद्धान्तहरु छन् त्यसमा विवाह उलंघन, धर्मको उल्लंघन, रोगका आधारमा, खानपानका आधारमा वा सामाजिक वहिष्करणको व्याख्या रहेका छन् । सायद धर्म र राज्यका आडमा नीति नियमहरु थुपार्दै जाँदा तल्लो वर्गमा दमन हुन थाल्यो । त्यही विद्रोह रोक्न थप कठोर र छुवाछुतसम्वन्धी बन्देज लगाइए । साथै स्थायी जेल, सेना, कानुन वा अन्य संरचना विकास नभएको परिपेक्षमा छुद्रबाट विद्रोह गर्नेहरुलाई सामाजिक बहिष्करण गर्न थालीयो । यसरी विद्रोहीहरु, दास, बाह्य समूह लगायतका समूहलाई पंचमवर्णको रुपमा दलीत भनिएको हो भन्ने व्याख्या पनि छ । ३५०० वर्ष अघि सुरु भएको जातीव्यवस्था २५०० वर्ष अघि तिर  अछुत प्रथाको विकाससँगै नेपाल भित्रियो । नश्ल, रंगभेद तथा दक्षिण एसियामा आधुनिक मानव बसाइँसराइँ अहिले विश्वभर मानवको एकमात्र प्रजाती अस्तित्वमा छ । यो आधुनिक मानव होमो सेपियन्स हो । यही आधुनिक मानव अफ्रिका महादेशमा उद्विकास भएर संसारभर फैलिएको हो । यस अर्थमा हामी सजिलै बुझ्न सक्छौँ कि आज संसारका मानवहरूमा पाइने विविधता यही लगभग १ लाख वर्षको मानव बसाइँसराइँ, निरन्तर अनुवंशमा हुने परिवर्तन र उत्परिवर्तन, पर्यावरण र अनुकुलनको प्रक्रियामा हुने समायोजन तथा जनसंख्याहरूबीचको आपसी घुलन र पृथकता (अलगाव) आदीका कारण देखिएको हो । आज पनि यस्तो शारीरिक विशेषतामा पाइने विविधतालाई आधार बनाई रङ्गभेद तथा वर्णविभेदको रूपमा मानिसलाई भेदभाव गर्दछन् । मानव नश्ल वा रङ्गलाई सामाजिक असमानताको जड बनाएका छन् । तर आजका आधुनिक मानव उद्विकासका मान्यता र मानव विविधतासम्वन्धी सम्पुर्ण अध्ययनले मानिसहरू किन समान हुन्छन् र कसरी भिन्न भिन्न शारीरिक रुपमा विकास भए भन्ने स्पष्ट व्याख्या गरेको छ । त्यसैले आज संसारका सवैखाले असमानता र विभेदका स्वरुप मानव समाजले सृजना गरेको तथा मानवीय शारिरिक भिन्नता उद्विकासको क्रममा देखापरेको व्याख्या छ ।


दक्षिण एसिया र नेपालमा हाल रहेको मानव सम्प्रदाय तथा वर्ण (अंग्रेजिमा रेस) को आगमन र बसोबासको अवस्था विशेष किसिमको देखिन्छ । भर्खरै गरिएका आनुवंशिक खोज, भाषिक तथा पुरातात्विक प्रमाणका आधारमा दक्षिण एसियाको मानव इतिहासको पुरानो व्याख्या तथा तर्कमा हलचल ल्याएको छ । अब लगभग सबै खोजले हरप्पा र मोहन्जोदारो लगायतका दक्षिण एसियाको सिन्धूघाँटी सभ्यता आर्यहरूले बनाएको भन्ने तर्क निराधार र गलत भएको सिद्ध गरेको छ । त्यसैगरी अर्को तर्कको रुपमा दक्षिण एसियाको सभ्यता बनिसकेको समयमा आर्यहरूले आक्रमण गरी सभ्यता ढलेको भन्ने मान्यता पनि गलत सिद्ध भएको छ । हाल भारत र प७त्रगयतसरै दक्षिण एसियामा मिश्रित खालको वंशाणुगत जनसंख्या छ । आनुवंशिक रूपमा शुद्ध नभई एकअर्कामा मिसिएका वंशहरू छन् । मुख्य गरी दक्षिण एसियामा तीन खालको जनसंख्याको अन्तर्घुलन पाइन्छ । यो आनुवंशिक नतिजा पहिलेका ऐतिहासिक र भाषिकसँग मिल्दछ । पहिलादेखि नै आधुनिक मानवको बसाइँसराइँबाट आइपुगी यस क्षेत्रमा बसोवास गर्दै आएका आदिम घुमन्ते सिकार गर्ने तथा बटुल्ने समूदाय एक समूदाय थिए । दक्षिण एसियामा पहिलो बसाइँसराइँ लगभग मेसोपोटामियाकै समयमा खेती गर्न थालेका इरानी समूदायहरूको भयो । गहुँ, जौं जस्ता बालीको खेतीको अभ्यास लिएर यी इरानी कृषक सिन्धूघाँटीमा प्रवेश गरे । यिनीहरू विस्तारै त्यहाँको जनसंख्यासँग मिसिन पनि थाले । यही क्रममा सिन्धूघाँटी सभ्यताको जग बसेको मानिन्छ । यो दोस्रो समूह हो । जसलाई हामी हाल अष्ट्रोद्रभिडियन भाषिक परिवारअन्तर्गत राख्दछौँ ।


लगभग ४००० वर्षअघि ककस पहाडी क्षेत्रको उत्तर तथा अफगानिस्तान पश्चिमको यूरेसियन क्षेत्रको पर्वतीय घाँसे मैदानबाट फेरि अर्को समूह दक्षिण एसिया आइपुग्यो । यिनीहरू भारोपेली भाषिक समूहका मानिस थिए । यसै समूहलाई आर्यइरानेली मानिन्छ । यसैको एक आर्य समूह भारतीय भूमितिर आइपुग्यो । वेदका रचयिताहरू यिनै आर्य मानिन्छन् जसको भाषा संस्कृत थियो ।


विशिष्ट मानिने यो आर्य जातिले हिन्दू धर्म सृजना गरी आफुलाई उच्च स्थानमा राखेको आजको तथ्य छ । नेपालको इतिहास भने फरक छ । हामीसँग मानव वंश र नश्लसँग सम्वन्धित भाषिक, पुरातात्विक, अवशेष शास्त्रीय साथै आधुनिक आनुवंशिक अध्ययन र प्रमाणको अभाव छ । हामी गोपाल र महिशपालहरू को थिए भन्नेमा अझै परिकल्पना र तर्ककै आधारमा मधेसका यादवहरु भन्दछौँ । राई र लिम्वू नै मङ्गोलबाट आएका किरात भनिएको छ । खसहरू पनि यूरेसियाली पर्वतीय घाँसे मैदानबाट पशुपालन गर्दै आएका आर्य हुन् भन्ने छ । तर यस सम्वन्धी प्रयाप्त आनुवंशिक अध्ययन छैन । मानव इतिहास राजनीति र शक्तिको पनि एक खेलको क्षेत्र हो । त्यसैले हामी लगभग सबै तिब्बतीय वा भोट चिनियाँ भाषा वोल्नेहरू उत्तरबाट र भारोपेली भाषिक परिवार अन्तर्गतका भाषा बोल्नेहरू दक्षिणबाट बसाइँ सरेको तथा केहि पहाडीया जनजाती र मधेसीहरु रैथाने भन्ने तर्क गर्नुपुर्व विज्ञानको खोज र विधिमा भर पर्नु पर्दछ । भर्खरै पनि नेपालका खसहरू इरान र बेविलोनियामा कश वंश थिएनन् बरू चिनको पर्वतीय क्षेत्रबाट आएका हुन् भन्ने व्याख्या अगाडि आएको छ । यसो हो भने ब्राह्मण इरानी स्टेपका चरिचरन गर्ने तथा क्षेत्री र खसहरू इरानी खेती गर्ने समूदाय भनी कतिपय भारतीयले भनेका कुरा सत्य नहुन सक्छन् । नेपालको मानवशास्त्रको विकाससँगै कुन कुन समूदाय कुन कुन भूभागबाट र कहिले आएका थिए भन्ने अध्ययनले वैज्ञानिकता पाउने तथा बसाईँसराइँ र नेपालकै इतिहासको ताजा वैज्ञानिक तथ्यहरू छिट्टै हाम्रो सामु हुने आशा गरौँ ।

***

Author: प्रमेश पोखरेल


Labels: ,

Monday, 23 January 2023

गजल

Author: Madhu Karki
प्यार पनि अकस्मात भइदियो।

घाम  लाग्यो, वर्षात भइदियो।


किन अचम्म  मान्दैन चाँदनी?

निद  हराउने  रात  भइदियो।


आफ्नो जस्तो लागेन जिन्दगी 

भाँचिएको  झै हात भइदियो।


लेख्न चाहिँ पीडा हो लेखेको 

पढ्नेलाई क्या बात! भइदियो।


दूर देखि पुजा जो गरिरहें

आज भेट साक्षात भइदियो।

***

अर्कान-२१२१२-२१२१२

बहर-खलील मुरब्बा सालिम

काफिया- आत 

रदीफ- भइदियो

Labels:

Friday, 20 January 2023

नियात्रा: थकित पैताला टेकेर


Author: लीलाराज दाहाल   

हैनयो दर्के झरीमा  नगए नि हुन्न पदयात्रामा तिर” श्रीमतीको प्रेमिल कचकच थामिएको थिएन  बिहानको  बजेर तीस मिनेट भैसकेकोथियो  झमझम पानी परिरहेकै थियो बाहिर जान  जान्छु ! आज शनिबार हो  एकछिनमा पानी रहन्छ होला !” यति भनेर हतारहतार झोला ठीक पार्न थालें 


२०७६ साल श्रावण चार गते बिहान सात तीस बजेसम्म बल्खुमा उपस्थित भैसक्नु भन्ने स्नेही हुकुम  संयोजक शीतल गिरीको ! कोठामै सातबज्न लागेकाले पानी रहने आशा नगरी झोला  छाता टिपेर हतारहतार बाहिरिन्छु कोठाबाट ! बल्खु चोक पुग्दा संयोजक शीतल गिरी  डा. धनप्रसाद सर बाहेक अन्य पदयात्रीको अनुपस्थितिले आफु छिटो दगुरेकोमा चिनी बिनाको सर्बत जस्तो खल्लो भयो मन ! अव हामी माझ अन्यपदयात्रीहरूको प्रतीक्षा गर्नु बाहेक अरू विकल्प पनि थिएन ! पदयात्रीहरू कोही कताबाटकोही कताबाट थपिने क्रम जारी थियो  लेखकएबमं सम्पादक नवराज रिजालगीतकार/संगीतकार नारायणप्रसाद भण्डारी जनकपुरीसाहित्यकार दम्पती परशुराम पराशर शारदा पराजुलीघनश्याम प्रसाईं  बशन्त रिजालको उपस्थितिले आजको पदयात्राको इज्जत जोगिने अनुमानकासाथ पदयात्रा टोली बल्खुबाट प्रस्थान गरेको थियो !


कुमारी क्लवबाट बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरे  शुन्दरीघाटबाट मन्दिरा मधुश्रीशान्ति सापकोटा  निशा के.सी.को टोली आएरमिसिएपछि हाम्रो टोली चोभारतिर लाग्यो  बल्खुदक्षिणकाली सडकखण्डको टीयूगेट पार गरेपछि पुरै सडक अधिनस्थ गरीपदयात्रीहरू लंगमार्च गर्दै अघि बढिरहेका थियौं  हिंडाइको गति मापन गर्दै पदयात्री शारदाको ओठ खुल्यो, “ उकालो हिंड्न  जति पनि सक्छु तर ओरालोमा गाह्रो हुन्छ कि !” “ गाह्रो भए बोक्नलाई परशु दाजु हुनुहुन्छ नि ! किन आत्तिएको सिस” मन्दिरा मधुश्रीले यति भन्दा एकपटकहाँसोको लहर फैलियो  बोल्न को भन्दा को कम ! हिंडेर मात्रै हो  बाटो काटिने ! चोभारगेटबाट आदिनाथतर्फ उक्लंदा कोही फोटो खिच्न त कोही बनस्पति  पर्यावरण अवलोकनमा ब्यस्त रहे  आदिनाथको आधा उकालो पार हुनलाग्दा पो लघुकथाकार एवं पत्रकार डिल्लीरमणसुबेदी झुल्किए  बीच बाटोमा स्वागत गर्ने उनको यस्तो शैली साँच्चै तारिफयोग्य थियो 


हाम्रो लक्ष्य भनेको   फोटो खिच्नु मात्रै हो   खुरूखुरू हिंड्नु मात्रैबरू यी सबै कुराका अतिरिक्त जनजीवन  संस्कृतिको अध्ययनअवलोकन मुख्य कुरा हो  केही बेरमै हामी सल्लाघारी बिचैबिच उक्लिँदै आदिनाथको मन्दिर परिसरमा पुग्यौं  मन्दिरपूजाको बिरोध गरे पनिमन्दिर पुगेपछि कसैले घण्ट बजाएकोकसैले पुजारीबाट टीका थापेको  कसैले मूर्तीमा शीर राखेको दृश्य भने रमाइलो थियो ! “आजकोबारेमा तपाइले लेख्नु पर्ने भएकोले यस मन्दिरको संस्कृति  पुरातात्विक महत्वको बारेमा जानकारी लिनुहोला” भन्दै मतिर फर्केर संयोजकशीतल गिरीले अरू थपे “आदिनाथ भनेका गोरखनाथका पनि गुरू हुन्  रोगबाट जोगिन  भाकल पुरा गर्न यस मन्दिरमा भाँडाकुँडा चढाउने चलन  ” हामीलाइ   भाकल पुरा गर्नु थियो   केही माग्नु नै थियो  यस्ता कुरामा विश्वास पनि थिएन  मन्दिर अवलोकन  फोटोखिच्ने कार्यसम्पन्न गरी हामी छिटै नै बाहिरियौं 


हामी मन्दिरको खोजीमा नभए पनि फेरि बाटोमा बैष्णोदेबीको मन्दिर आइपुग्यो  मन्दिरको छेउमा रहेको रूखजुन रूखको बिरूवा जंगबहादुरराणाले बेलायतबाट ल्याएर रोपेको भन्ने गरिन्थ्योबाँदर झुक्किने रूखका रूपमा प्रसिद्द थियो  चारैतिरबाट घुमीघुमी बाँदर झुक्याउने ?खकोअवलोकन गरेपछि साथीहरूत्यसैको फेदमा केहीबेर सेल्फीको आनन्दमा रमाए  केही पदयात्री भने अलि तल रहेको मसानघाटको अवलोकनार्थ जाँदै थिए  केही थाकेकी जस्ती देखिएकी मुक्तककार निशा के.सीभन्दै थिइन्, “लौ तपाईंहरूनै जानुस्हेर्नुस् ! आफ्नो त त्यता जाने बेला भएको छैन ! यतै बसिरहन्छु !” उनको भनाइ सुनेर हामी निकैबेर हाँसिरह्यौं  उनको ठट्टाले गहन अर्थ बोकेको थियो मसानघाट हेरेर पदयात्रीहरूफर्केपछि संयोजक एवं पुरातात्विक अन्वेषक शीतल गिरीले भने,“सार्वजनिक स्थानमा मानव अतिक्रमणले पुरातात्विक सम्पदाहरू नास हुने क्रममा छन्  त्यसको ज्वलन्त उदाहरण यो आर्यघाट पनि हो  यो अहिले निकै खुम्चिएको  !”


त्यहाँबाट हामी अघि बढेका थियौं करीव नौ बजेतिर ! भाजंगलपाँगा हुदै हाम्रो यात्रा दुधपोखरीतिर सोझियो  खेतको फाँट नियाल्दै हिंड्दापर पर देखिने धानको हरियालीमा रमायो मन ! धानखेतका गरालाई टुक्राटुक्रामा विभक्त गरेर घंडेरी बनाएको देखेर नवराज रिजालको मनमाबिभिन्न कुरा खेल्न थाले  उनले सोचमग्न भएर भने, “लु हेर लीला भाइ ! धान फल्ने ठाउँमा सिमेन्टका पिल्लर फल्न थालेपछि कृषिमा कसरी आत्मनिर्भर हुन्छ देश ?” बास्तवमा कुरा सत्य थियो  अलि पर पुग्दा ब्यबसायिक तरकारी खेती गरेको देखेपछि मात्रै उनको उदास मन प्रसन्नभएको थियो  तरकारी बारीमा फलेका कलिला काँक्रामा एनबी जनकपुरीका आँखा अड्किए ! उनी तरकारी टिप्दै गरेकी महिलातिर फर्केर कराए, “काँक्रा कसरी बेच्ने हो साहुनी ?” सय रूपैंयामा पांचवटा कलिला काँक्रा लिन सफल भएका जनकपुरी दाइ भित्रैदेखि प्रसन्न देखिएका थिए  उनीबाट उपहार स्वरूप प्राप्त काँक्राले तिर्खाएको आंत केही रसिलो भएको थियो मेरो पनि ! अलि अगाडि अगाडि हिंडेका पदयात्रीहरू त बाटामा पर्ने पसलमा बसेर फेन्टाको चिसोमा रमाउंदै रहेछन् ! त्यहाँबाट खेतको आलीआली हिंडेर हामी पांचपोखरी पनि भनिने दुधपोखरीमा पुग्यौं  अवलोकन ¥यौ  चारैतिर हेर्यौ  ढुंगेधाराको प्रयोग सम्बन्धमा पालना गर्नु पर्ने नियमहरू उल्लेखित सूचना पाटीमा सबैका आँखाहरू अल्झिए केहीबेर ! सूचना पाटीमा बास्तविक कुरा लेखिएका भए पनि हाम्रा आँखाहरूले अश्लिल अर्थ लगाइरहेका थिए ! 


अझ भक्त राई पनि भएको भए उनका आँखाले छुट्टै अर्थ लगाउँथे भन्ने सोचेर  केहीबेर भित्रैदेखि मुस्कुराएँ ! धारा परिसरमा कपडा धुनलागेका नवयौवनाहरूसंग त्यहाँको बस्तुस्थिति बुझ्नका लागि पदयात्री मन्दिराशान्ति  निशा अन्तर्वार्ता लिन तयार पत्रकार झैं झुम्मिएका थिएधारामा नुहाइरहेका पुरूषहरूप्रति लक्षित सूचनाबाट आँखा हटाएर वरिपरिको पर्यावरण नियाल्दा ढुंगेधाराको छेउमा शालीन्हसमुख नियात्राकारसंस्मरणकार अच्युत खनाल भेटिनु भयो ! उहाँसंग केहीबेर बातचित भए  उहाँ उसै भेटिनु भएको भने होइन  शायद नवराज रिजालको जनाउ थियो उहाँलाई  हाम्रो यात्रामा उहाँले निकैबेर साथ दिनुभएको थियो  हामी त्यहाँबाट मत्सेनारायण तर्फ बढ्यौं बाटोमा भोजनको लागि उपयुक्त स्थानको खोजी पनि गर्दै थियौं  चुन्देबी मन्दिर परिसरलाई भोजनालय मानेर पेटपूजा गर्दा मध्यान्नभैसकेको थियो  आपसमा खानेकुरा बाँडेर खाँदाको आनन्दले शरीरको आलस्यता पुरै दूर भैसकेको थियो ! शीतल पवनको स्पर्शले थकितज्यानमा नयाँ उमंग भरियोत्यसमाथि भोको पेटमा परेको अन्नको उर्जाले सबैको अनुहार सुर्योदयपछिको क्षितिज जस्तो उज्यालो देखिएको थियो ! केहीबेर सुस्ताएपछि त्यहाँबाट अघि बढेको हाम्रो टोली मत्स्यनारायणको मन्दिरमा पुगेर अडियो  शिकार अगाडि पुगेको शिकारीले हतियार ठिक्क पारे झैं सबैले -आफ्ना मोबाइल झिकेर क्यामेरा ठिक्क पारे फोटो खिच्नलाई ! फोटो खिचेर फेसबुकमाराख्ने चलन हाम्रोजीवनको अभिन्न अंग भैसेकेको  अचेल !


आखिर नयाँ ठाउँमा पुगेको प्रमाण भनेकै फोटो  हो !” लघुकथाकार डिल्लीरमणको निष्कर्ष यस्तै थियो ! वरिपरिको वातावरणमा रमाउंदैथिए सबै ! मेरो मनमा भने एक्कासी एउटा हाइकु रचनाको बिजारोपण भयो !

नयाँ नेपाल

मन्दिर घुमी पूजा

भौतिकवादी !

यतिखेरै पानी दर्कन थाल्यो ! झोलाहरूबाट छाता निस्किए ! त्यहाँबाट हामी अघि बढ्यौं  अव हाम्रो अन्तिम गन्तव्य भनेको मातातीर्थ ! लामालामा पाइला गरेका छौं। मुक्तककार निशाले रेनकोट लगाएपछि कसले चिन्ने ! मन्दिरा  शान्ति आफ्नै तालमा गफिंदै हिंडिरहेका थिए नवराज रिजालधनप्रसाद   पनि चुप लागेका थिएनौं 


श्रीमतीले ओढेको छाता आधा आफुतिर ढल्काएका पति परशुरामलाई कवि शारदा भन्दै थिइन, “आफ्नो छाता चाहीं कहिलेलाई साँच्नुभएको हजुरले?” परशुराम शारदा बीचको प्रेमिल ठट्टा मस्करीले यात्रालाई अझै रोचक बनाइरहेको थियो  मलाई हिंड्न गाह्रोभैरहे पनि मातातीर्थ आइपुग्न लागेको सूचनाले खुसीको लहर छाएको थियो मेरो अनुहारभरि ! गोडाहरू एकछिन सुस्ताउने रहरमा थिए ! सबैभन्दा जेष्ठ शीतल गिरी नवयुवक झैं ठमठम हिंड्दै थिए  घनश्यामध्रुबबशन्तनवराजहरू अझै बीशौं कोशको दूरी नाप्न सक्ने उर्जा लिएर अघि बढ्दै थिए !  पो निकै गलेको थिएँ यो पटक ! मातातीर्थ परिसरमा पुगेपछि पो पदयात्रीहरू खुसीले भरिंदै माताको मूर्तीवरिपरि झुम्मिए ! मातातीर्थ मन्दिरपरिसरमै साहित्यिक कार्यक्रम गर्ने योजना थियो ! बस्ने ठाउँको अभावले केहीबेर अलमल भएपनि अन्तत आफुले बोकेका पत्रिकाहरूलाई ओछ्याएपछि कार्यक्रम स्थल तयार भएको थियो ! डिल्लीरमणको उद्घोषणमा साहित्यिक कार्यक्रम शुरू भयो  मातातीर्थको प्रांगण भएकालेधेरै सर्जकहरूले आफ्ना सिर्जनामा आमालाई सम्झिए ! कार्यक्रम रोचक मात्रै भएनहरेक हिसाबले सम्झन लायक पनि भयो ! घनश्याम प्रसाईंको गीतमाथि ध्रुब घिमिरेको टिप्पणी उल्लेखनीय थियो  वाचक मात्रै भएनौंस्रोता पनि भएका थियौं 


करीव दुई तीस भन्दा बढी भैसकेको थियो समय ! आजको पदयात्राको घोषित अन्तिमबिन्दु पनि यही थियो  मातातीर्थबाटै बस चढेर फर्कनेकि थानकोट झर्ने भन्ने बिषयले टड्कारो समस्याका रूपमा केहीबेर गिजल्यो हामीहरूलाईधेरै सदस्यहरूको राय थानकोट झर्ने भन्ने रहेकालेफेरि यात्रा बढायौं ! तर थकित पैतालाहरूभने मातातीर्थबाटै बस चढ्ने अडानमा एकमत थिए !

***

बागमती ११कर्मैयासर्लाही

 

 

 

Labels: