गजल
![]() |
Author: Madhu Karki |
घाम लाग्यो, वर्षात भइदियो।
किन अचम्म मान्दैन चाँदनी?
निद हराउने रात भइदियो।
आफ्नो जस्तो लागेन जिन्दगी
भाँचिएको झै हात भइदियो।
लेख्न चाहिँ पीडा हो लेखेको
पढ्नेलाई क्या बात! भइदियो।
दूर देखि पुजा जो गरिरहें
आज भेट साक्षात भइदियो।
***
अर्कान-२१२१२-२१२१२
बहर-खलील मुरब्बा सालिम
काफिया- आत
रदीफ- भइदियो
Labels: Nepali
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home