Thursday 12 January 2023

कथा : बलियो मान्छे



Author : Bikram Yakkha

बलविरे बाल्यकालदेखि नै आफ्नो माटो र देश प्रति माया गर्ने, अन्याय र अत्याचारलाई सहनु हुन्न भन्ने मान्छे थियो। ऊ आफैमा प्रण गर्ने गर्थ्यो -जसरी पिता-पुर्खाहरुका रगत पसिनाले आफ्नो माटो भिजाएर हराभरा बनाएका थिए, उसै गरी स्वादेशमै केही गर्ने संकल्प गर्थे।

समय, काल, परिवेशसंगै बलविरेको उमेर पनि बढ्दै गैइरहेको थियो । बढ्दो उमेरसंगै  बलविरेका इच्छा, चाहाना, जोसहरू परिवर्तन आउनु स्वाभाविकै थियो । देशमा माओवादी जनयुद्दको  लहर चल्यो । जनयुद्दको भुँवरीमा बलविरे पनि नजानिदो पाराले सहभागी बन्न पुग्यो । जनयुद्दमा बलविरेको सक्रियाता बढदै जादाँ एककान दुईकान हुँदै सुराकीको सुराकका आधारमा प्रशासनको वाण्टेड लिष्टमा परिसकेको थियो। परिस्थिति प्रतिकूल बन्दै गएपछि एकदिन बलविरे घर छाडेर युद्दको मोर्चामा समेल हुन पुगे । जनयुद्दमा प्रत्यक्ष सहभागी  भैरहदा बलविरेले युद्दमा दुबैतर्फका हाताहात भएर शहिद तथा वीरगति पाएका घटनाहरू आँखैनजिकबाट निहाल्न र बालबाल बचेर ज्यान जोगाउँदाका क्षणहरूसँग भुत्तभोगी बन्न पुगे । संयोगले भनौ, भाग्यले या कर्मको खेलले बलिविरेले लामो समयको जेलजीवन र याताना भोग्नु पर्यो । देशमा जनयुद्दको माहोल राजनैतिक अनुकुल बन्दै गएपछि बलविरे पनि राजनीति बन्दीको रुपमा जेलबाट रिहा भयो। जेलजीवनको कहरमा जीवनका जिजीविषानै मारेका बलविरे, जेलबाट रिहा भएपछि खुल्ला संसारमा आउनु पाउँदा खुशी थियो नै त्यसैमाथी  जनयुद्दमा आफुहरूले नै हुर्काएको पार्टीले सरकारको नेतृत्व सम्हाल्दै गर्दा त बलविरेको खुशीको सिमा नै थिएन ।

बेला उमेरसँगसँगै बलविरेलाई घरपरिवारको जिम्मेवारी पनि काँधमा आईसकेको थयो । बलविरेले दु:खसु:ख भए पनि चिनेजानेकै नाता-कुटुम्बमा विहे गर्यो । पारिवारिक बोझलाई उठाउन त्यति सजिलो र सहज परिस्थिति नभइसकेपछि बलविरेले ज्याला, मजदुरी गर्दै योग्यता अनुसारको पेशा खोज्न शहरका गल्लिगल्ली चाहार्यो । जो पनि उधारोमा नै भरोसा दिलाउनेमात्रै थिए ।भएको घरजग्गा पनि बन्दकी राखिसकेको थियो । बलविरेको आफ्नो भन्नु बसेको झुप्रोभन्दा बाँकी केही थिएन। दुखका पहाडले सगरमाथाको उचाईलाई नै जितेसकेको थियो। तैपनि बलविरेले हरेसा भने खाएका  थिएन । कयौं छाक भोको बस्नुको पीडा पनि उस्तै सहेको थियो । बलविरेलाई गर्भवती श्रीमतीलाई दुईछाक खुवाउनु, हम्मेहम्मे परेको अवस्था थियो । बलविरेको चिनेजानेका आफन्त साथीभाईहरू पनि यहिबेला सबै टाढा हुन थालिसकेका थिए । आखिर दुःखमा दैब पनि देब्रो सहेको थियो । परेको बेला खै कस्ले पो साथ दिन्थ्यो र ? थिई त केबल बलविरेको आफ्नो जीवनभरको साथ दिने बाँचाकसम खाएकी श्रीमतीमात्रै थिई । अभाबैअभाबले सताएर लम्पट बनाएपछि बलविरेलाई श्रीमतीले लगाइरहेकी जोइपोइको मायाको साँक्षी एकथान तिल्हरी नै जाकटी राखेरै भएपनि पासपोर्ट बनाउनुस भन्दै सल्लाह दिईन । उपाया नास्ति भएपछि बलविरे आफ्नै मुटुमाथी ढुङ्गा राखी श्रीमतीको सल्लाह अनुसार पासपोर्ट बनाएर मेनपावरमा बुझायो। मेनपावरमा पनि उस्तै दलाली । महिनौ कुर्नु पर्यो । दु:ख झनझन थपिदै गैइरहेको थियो । दु:ख, पिडामा निचोरिएको मनमस्तिस्क लिएर बलविरे राम्रोसँग निदाउन सकेको थिएन । दुःखकष्ट र अभावहरूसँग पौंठेजोरी गरेरै दिनहरु बिताउदै थियो । 

एकदिन मेनपावरबाट भिषा लागेको खबर आयो । बलविरेको मनभरी आशाका मुनाहरू भुरुरुरु पलाइगएको थियो । महंङ्गो ब्याजको पैसा काढेर हातमा बोडिङ्गपास, हरियो पासपोर्ट बोकेर बिदेशीने लाखौ युवा-युवतीहरुको भिडमा मिसिदै बलविरे बिदेश उडेको थियो। बलविरेको भित्रिमन भने खुशी थिएन । मुटुको धडकन बढेको महसुस गर्दैथियो  । श्वासै कतै रोकिएला झै पनि लागेको थियो।

हवाईजहाज  चड्नु अनि श्रीमतीले फोनमा भनी,- 'काले ! आफ्नो ख्याल राख्नु, चिन्ता नलिनु, राम्रोसँग जानु है । के गर्नु ! हाम्रो भबिस्यकोलागि बाध्यताले आज हामी टाढा हुनु पर्यो ।'

बलविरे हवाईजहाज भित्र चढ्यो । हवाईजहाजले बिस्तारै गति बढाउन धावानमार्गमा कुद्नु थालिसकेको थयो । केही क्षणमै भुइँ छाडी आकाशीयो र बादलभन्दा माथि-माथि उडिगयो । हवाईजहाज उडिर्यो । बलविरेको पनि उडिरहेको थियो ।  मन भारी भएर आउँदै थियो । आमाबाबा, नानी रश्रीमती अनि देशको मायाले तरक्क आँसु खसायो ।

साउदी अरबको लगभग चालीस ,पचास डिग्रीको तातो घाममा भोलिपल्टदेखि नै काम शुरु गरेको थियो । निर्माणधिन  अग्लाअग्ला टावरहरुमा स्काफोल्डिङ्ग, ईलेक्ट्रिकल केबुलमा काम गर्नुपर्थ्यो त कहिले जमिनमुनिको गहिराइमा काम गर्नुपर्थ्यो। 

बलविरे पढालेखा हुनाले समयक्रममा अलिसजिलो काम पाएको थियो। सजिलै काम भएपनि भनेजस्तो सजिलो भने अबस्य पनि थिएन ।बलविरेले कामको शिलशिलामा दुर्घटना भएर ज्यान गुमाएर रातो बाकसमा फर्किएकाहरू पनि आफ्नै आँखैअघि देखेको थियो। कतिलाई त बिदाई पनि गरेको थियो। त्योबेला नराम्ररी दुखेको मनलाई बलविरेले एकान्तमा बेस्सरी रुवाउने गर्थ्यो।

विदेशको कमाई भित्रिनु थालेपछि घरको आर्थिक अबस्थामा अलि सुधार आएको थियो। असल र ईमान्दार श्रीमती भएकोले  पनि घरको अवस्था सुदृढ हुँदै गएको थियो । श्रीमती प्रतिको विश्वास नै बलविरेको मन बुझाउने बलियो आधार थियो । समयले नेटो काटेको पनि पतै पाएन । परदेश र घरदेश गर्दै धेरैबर्षहरू बिताइसकेको थियो । उमेर उकालो चढ्दै थियो। कपाल तिलचामले हुन थालिसकेको थियो । नानीहरूको पढाइ राम्रो भएकाले बलविरे खुशी थियो । नानीहरुको भविश्यमाथि आसाबादी थियो । 

कहिलेकाहीँ बलविरेलाई लाग्थ्यो -परदेशमा गर्ने दु:ख जति स्वदेशमा गर्ने वातावरण भैदिए जवानी पराईभूमिमा खर्चिनु पर्ने थिएन ।तर, बाध्यताका अघि अर्को विकल्प पनि त थिएन । कामको शिलशिलामा बलविरेको डिपार्टको मेनेजरले धाप मार्दै भनेको थियो- 'मिस्टर बिजय ! तिमी बलियो मान्छे हौ । यतिको बर्षदेखि ईमान्दार काम गरिरहेका छौ । आउने दिनहरूमा पनि यस्तै राम्रो र इमान्दरीको आशा राखेका छौ र आजैबाट तिमीलाई सुपरभाइजर पदमा बढुवा गरेका छौ ।'

"मालिक ! परिस्थिति र बाध्यताले नै मानिसलाई  जब्बरढुंगा झै बनाउने रहेछ ।"  बलविरेले फिस्स हाँसेर जवाफ दिएका थिए । काम सकेर क्याम्पतर्फ फर्कदैगर्दा बलविरेले  मनमनै सोच्दैथियो,- "हो ! साच्चिकै म बलियो मान्छे हुँ । म एउटा परिवारकोलागि मेरुदण्ड, देशकोलागि रेमिटेन्स भित्र्याउने अरपे, दलालहरुकोलागि मोटोरकम चुकाउने, संघ-सस्थाकोलागि चन्दा दिने अनि कम्पनीकोलागि मेसिन जस्तो खटिने कामदार, आमाबाउको बुढेसकालको लौरी, दु:ख,पिडा र अभावमा कहिल्यै पनि हार नखाएको सबैको लागि बलियो मान्छे । आउने पुस्ताकालागि बलियो भबिस्य स्वादेशमा नै ग्यारेन्टी गर्नुकोलागि पनि म बलियो मान्छे हुँ ।"

यस्तैयस्तै सोच्दै बलविरे  क्याम्पमा पुगिसकेको थियो ।

***


Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home