वैदेशिक रोजगारमा रहेका श्रमिकका सरोकार र सवालहरू
काठमाडौं ,
![]() |
Author: Nabina S. Luitel |
बैदेशिक रोजगारमा रहेका श्रमिकहरूका स्वतन्त्रता एवं कामसंग सम्बन्धित प्रसस्त अधिकारहरू रहेको भएता पनि अज्ञानता र चेतनाका कमीले गर्दाआज पनि अधिकाँस श्रमिकहरू निकृष्ट अवस्थामा आप्रवासी श्रमिकको रुपमा रहेर काम गर्नु परको छ । वैदेशिक रोजगागरीमा रहेका र जान चहानेनेपाली श्रमिकहरूका निम्न समस्या र सवालहरू मुख्य रुपमा रहेको देखिन्छ ।
- भर्ना प्रकृयाः बैदेशिक रोजगारमा जान चाहने श्रमिकका लागि अपारदर्शी भर्ना प्रकृया सबै भन्दा ठुलो समस्याको रुपमा रहेको छ ।
- ठगी र झुठः मेनपावर कम्पनीको ठगी, गलत कागजात, झुटठा आश्वासन, शुन्य लागतमा वैदेशिक रोगारीको कार्यान्वयनको अभावले आमश्रमिकहरू पिडित रही आएका छन् ।
- सहज ऋण र सरल विप्रेशण च्यानलः बैदेशिक रोजगारमा जान चाहने युवाले बैंकबाट सहज रुपले आफ्नो कार्यशर्त संझौताको आधारमाऋण पाउने र विप्रेशण पठाउने बैधानिक संयन्त्रको समेत अभाव छ ।
- सिकायत र गुनासो सामाधान संयन्त्रः श्रमसमस्याको सिकायत एवं गुनासो समाधान संयन्त्रको अप्रभावकारीताको अभावले श्रमिकहरू नैपिडित छन् ।
- न्यूनपारिश्रमिक र गरिबोन्मुख ज्यालाः प्रमुख गन्तब्य मुलुकहरूमा तुलनात्मक रुपमा ज्यादै न्यूनपारिश्रमिक वा गरिबोन्मुख ज्यालालेश्रमिकहरू कहिले पनि गरिबीको चक्रबाट बाहिर आउन नसक्ने देखिन्छ। यस क्षेत्रमा ज्याला ठगीका घटना र उदाहरणहरू पनि प्रसस्त छन् ।
- व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको सवालः कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको पुर्णजानकारी र कार्यान्वयनको अभावरहेको छ।
- पर्याप्त जानकारी र अभिमुखिकरणको कमीः साहै्र सह्रानिय उद्देश्य भए पनि हालका दिनहरूमा अभिमूखिकरण कार्यक्रम प्रकृाय पुरा गर्नेमाध्यम र श्रमिकलाई आर्थिक बोझा पार्ने माध्यामको रुपमा विकसित हुँदै गएको देखिन्छ र यसको अप्रभावकारिता निकै कम हुँदै गएको छ।
- प्रशासनिक झण्झटः पासपोर्ट बनाउनेदेखी रोजागरीको अवसर खोज्ने, श्रम स्वीकृति लिने, बिमा, कल्याणकारी कोष, टिकट र विमानकोव्यवस्था आदी कार्यमा श्रमिकको काँधमा सबै प्रशासनिक झण्झट थोपरिएकोले श्रमिकहरू अझ बढि मारमा परेका छन् ।
- श्रमिकका समस्याः बैदेशिक रोजगारमा जान चाहने श्रमिकहरूमा पनि शिप, ज्ञान र चेतनाको अभाव देखिन्छ, जसले अन्ततोग्त्वाश्रमिकलाई हानी गर्दछ ।
- भेदभावः बैदेशिक रोजगारीको मापदण्ड र व्यवहारमा महिला र पुरुष बीचको भेदभाव पनि प्रमुख लैगिक समस्याको रुपमा देखिएको छ ।
- सामाजिक सुरक्षाको अभावः गन्तव्य र प्रस्थान दुवै मुलुकमा पर्याप्त सामाजिक सुरक्षाको अभाव
- मताधिकारको अभावः गन्तब्य मुलुकबाटै देशको बिभिन्न तहमा हुने निर्वाचनमा मताधिकारको अभाव छ।
- स्वदेश फिर्ती र सामाजिक एवं एकिकरणः स्वदेश फिर्ता पश्चात पनि शिप परिक्षण, शिकेका शिपको उपयोगिताको अभाव, घर फिर्तीपश्चात स्वदेशमा पारिवारिक, श्रमबजार र सामाजिक धुलमिल र रोजगारीमा समस्या छ ।
- पारिवारिक विखण्डन र सामाजिक लागतः आप्रवासनका कारण पारिवारिक कलह, विखण्डन तथा सामाजिक लागतको अपुरण्ीय क्षतिश्रमिक र उसको परिवारले भोग्नु परेको छ ।
- जनचेतनाको कमी : स्वदेशमा रहेका परिवारका सदस्य तथा स्थानिय तहका जनप्रतिनिधहरू समेतमा बैदेशिक रोजगारीका सन्दर्भमा प्रसस्तभ्रम र जनचेतनाको कमी रहकोछ ।
- बिदेशमा हराएका र अलपत्र परेका श्रमिकहरुः हालैका दिनमा विदेशमा विभिन्न कारण अलपत्र परेका र हराएका मानिसको संख्यादिनानुदिन बढदै गैरहेको छ त्यसका यथोचित सम्बोधन जरुरी छ । अन्ततोगत्वा त्यसको भार नेपाल राज्यले नै बेहोर्नु पर्ने छ ।
- नयाँनयाँ क्षेत्र र नयाँ खालका समस्याहरुः विश्वभर गिग ईकोनोमी बढ्दै गैरहेकोले विस्तारै नेपाली आप्रवासी श्रमिकहरू पनि त्यसकोचपेटामा पर्दै गैरहेका छन् । जस्तै दुवईमा बाईकराईडरहरू अहिले यो समस्या भोग्न बाध्यछन् । साथै यस्ता नयाँ क्षेत्र र समस्याहरूको समेत अध्ययनअनुसन्धान जरुरी छ ।
- नेपालमा रहेका बिदेशी श्रमिकको अवस्था र सवालः नेपाली मात्रै विदेशमा श्रम गर्न जान्छन भन्ने हाम्रो एकतर्फी सोचलाई अब हामीलेआफ्नै घर तर्फ पनि फर्केर हेर्ने बेला भएको छ । नेपालमा कानूनी र गैरकानूनी रुपमा पनि दशौ हजार बिदेशी श्रमिकहरू श्रमबजारमा सक्रिय रहेकोअवस्थामा उनीहरूको चासो, सरोकार र सुरक्षा समेतमा हामीले आफूलाई अब्बल अविभावकको रुपमा स्थापित गर्नु जरुरी छ ।
Labels: Nepali
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home