कविता : पाइलाहरु
कति पच्छ्याउँछौ भागी जानेलाई
आशाका कुम्लो....
हो..आशाका कुम्लो कति गह्रँगो छ ?
फर्की आउँने उस्तै दुरुस्तै आशमा
तर्साउँदै दोबाटोमा अच्चानक भेटिएर
फूलैफूलको बाटोभरी हात समाउँने
रातभरीको पर्खाइपछि
हरेक बिहानी
हो.. हरेक बिहानी शीतमा
तगारोमा ओभानो
पाइलाहरु गन्दै टोलाउने
पाइलाहरु गन्दै टोलाउने
कुलत आखाँहरु....
ए ! आशाहरु...
जीवन उँधो बगीजाने खोलालाई
एकमुठ्ठी प्राण...
कहाँसम्म होला पच्छ्याउने ?
त्यो मधौरो प्राण
अँ.. त्यो दमले बाँकी राखेको मधौरो हिम्मत
त्यो मोतियाले बाँकी राखेको धमिलो आँखा
अनगिन्ती प्रश्नहरुको कुम्लो
बिसाउँने..
फुकाउँने..
दुष्प्रयास गर्ने आँट...
ए ! प्रश्नहरु...
कति जटिल बनाउँछौ जीवनलाई
बन्द ...
हो..बन्द गर्नु छ गन्ति
त्यो बन्द खाम
अनि बन्द बाटो
अनि बन्द गरिएका
सपना
......
जिन्दगीलाई खोलेर
खुलेआम खोलेर एकदिन
टुक्राटुक्रा जिन्दगीलाई
सिनित्तै..
हो.. सिनित्तै बाढीसँगै बगेर खुशीखुशी पुग्नु छ - समुन्द्र
पुग्नु छ - जीवनको अन्तिम् चोत्लुङमा
फेरी
चाल्नु छ - एउटा पाइला दुष्साहासको |१|
Labels: Nepali
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home