कविता: फोसिल
![]() |
Author: Bhimsen Khapangi Magar |
आमा
तिम्रा आखाबाट बगिरहने अम्लिय बर्षाले
हेर त: तिम्रै छाती का.....ला...
कती कम्जोर बनिसकेछ
भो नरोउ अब
फुकाल शिरको सेतो गम्छा, र
पुछ बगिरहेका यादहरु !
उ त्यो त........ल बगिरहेको अरुन किनारमा
अब तिमिले
ठिङ्ग उभिएको ढुगांमा योगमाया देख्न हुदैन
अरुन नदिका सुसाईमा समानताका गीत सुन्नु हुदैन
ति सबै भ्रम हुन्
अब कहिलै भेटिने छैन योगमाया अरुन किनारमा ।
अली माथिको लोकतान्त्रीक चौतारी ढलिसकेछ
उभौली साकेला नाच्दैनाच्दै
उकाली चढेका सुम्नीमाहरु भेटीदैन आजकल
उकाली चढ्ने र ओराली झर्नेहरुको मिलाप हुदैन चौतारीमा
भेटिदैन वि.पि, र
वि.पिले छाडेका
दुर...दुर... सम्म देख्न सक्ने दोषी चस्मा
बरु भेटिन्छ समाजवादी बोरामा लुकाएर नलुकेका
छरपष्ट सतिका फोसिलहरु
दासत्वका फोसिलहरु
जो बर्षौदेखि मुक्ति मागिरहेछ ।
Labels: Nepali
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home