Wednesday 14 December 2022

लघुकथा :खाेजी


लघुकथा :खाेजी
- किसाेर सुब्बा (लिम्बु)
"खाेजी कहिलेदेखि शुरू भयाे ? याे पृथ्वी । याे ब्रम्ह्माण्ड । याे चराचर जगत । यि सब फगत झुसे कुराे । जजस्ले जे जे भनेर चिया पचाए पनि, खैनी, सुर्ती र जाँड पचाए पनि म कस्सम खाएर तथ्य प्रमान भन्नु सक्छु कि मेराे खाेजी भने म जन्मेकाे साल-सम्बतबाटै शुरू भाकाे हाे ...हाे की..."
(भनेर बाेक्तामेले झुलेकाजीकाे तिग्रामा प्याट्ट पढ्कायाे । झुलेकाजी झसङग झस्केर क्याप टाेपी मिलाउँदै जंगियाे र मुड्की उज्यायाे ।)
"हे...याे मुलाकाे बेहाेरै छैन के । गफकाे तालमा यसाे प्याट्ट पारेकाे नि रीसाउँछ । हेर केटा हाे ! बरू खाेजीमा लाग खाेजीमा । भरे दामी हान्नु पर्छ ।"
"काहाँ खाेज्नु र ब्राेलाई बाेरकाँइलीकाे पुञ्छार पच्छ्याउँदै ठिक्क । याे झ्यामकुमारीलाई बाटाेमा तरूनीकाे सुँघेर साँढेले जस्ताे अाकाश हेर्दै ठिक्क । म मुलाङलाई कुन चाँहीले पत्याउँछ ?"
"किन तेराे छैन र ?"
"भाकाे ता ल्याएर बजायाै ता लण्ठ्याङहरू ! मेराे भैञ्जेल ता मलाई रानाे नै बानायाै नी । अाची नि पुच्दिम्ला दिम्ला गर्थेउ नर्केहरू । अहिले गाउँ निक्लीसक्नु छैन । भए भरका अाईमाईहरू झल्लार माग्नेलाई कुकुरले झम्टे झै गर्छन् ।"
"हैट ! मुठिस ब्राे तैंले गर्दिस चाँही के नि ता अाईमाईहरूकाे तेतिसाराे ।"
"के गर्नु नि । बिदेशबाट अाकाे भनेर सबैले बाेलाई बाेलाई दिए । गाेक्ते माेराे दिएपछि बजाइदिएँ नि । रातभरी लडीबुडी खेल्दै बजाउने तिमेरू नर्के नै हाे ता । अझ के गर्दिएँ रे ! बिदेशीकाे खाम्ला भनेर टाँसिएका जुकाहरू बिदेशाँ नि रीनै खाेजेर फर्केकाे । अब बिदेश नजाने भनेपछि भए भरकाे उधाराे बहीखाता लेर भुस्याहा कुकुरकाे अाैतरी भएर झम्टिन्छन् । पातकीहरू । तँ ता खुब झुले...काजी...हुँ भनिहिड्छस् ता । लु ता एक बाेतल उधाराे खाेजी लेर देखा ! काजी हाेस कि पाजी अनि थाहाहुन्छ ।"
***

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home