Bhaleshwor Mahadev is a Hindu temple on the Chandragiri hill in Kathmandu Valley
Labels: Photography
Newsworld for the World News....
Labels: Photography
![]() |
Photo source: Social Media |
The Galeshwar temple complex of Beni municipality-9 of Myagdi was the site of worship on Thursday morning for two gaint Saligram stones of Kaligandaki that are about to be transported to Ayodhya, India. The Nepali government has sent saligrams from Beni to make the statue of the Ramlala temple that will be constructed in Ayodhya and will be given to India. te of worship on Thursday morning for two gaint Saligram stones of Kaligandaki that are about to be transported to Ayodhya, India. The Nepali government has sent saligrams from Beni to make the statue of the Ramlala temple that will be constructed in Ayodhya and will be given to India.
![]() |
Photo Source: Social Media |
shaligrama shila is a particular variety of stone collected from the riverbed or banks of the Kali Gandaki, a tributary of the Gandaki River in Nepal, and used as a non-anthropomorphic representation of God Vishnu by Hindus.
Labels: News
![]() |
Author: Pramesh Pokharel |
मध्यपुर्व एसियाको उर्भर क्रेसेन्ट भनिने इराक र आसपासको क्षेत्रमा लगभग ११५०० वर्ष अघि सरु भएको प्राणी तथा वनस्पतिको घरेलुकरणलाई सामाजिक जीवनको आधार मानिन्छ । कृषिको अभ्यासले ओढार, गुफा, जङ्गलमा ओत लागेर होइन अव कृषि गरेकै स्थानमा छाप्रो, झुपडी र थर्कुहरू बनाई बस्न थाले । स्थायी बसोबासले मानिसको परिवारको आकारमा परिवर्तन ल्यायो । विवाहको संरचनामा परिवर्तन ल्यायो । अनि विस्तारै गाउँ, टोल, समुदाय, वा सहरका संरचनाहरू बन्न थाले । बस्ती र सहरहरू नै सुरूको राज्यका आधारहरू बने । यसरी लगभग ८ हजार वर्षअघिबाट मानिस स्थायी रूपमा बस्ने, खेती गर्ने र राज्यमा बस्ने गर्न थाल्यो । व्यक्तिगत सम्पत्तिको उदय भयो । खासमा सामाजिक असमानता, विभेद, शोषण र दमनको आधार पनि कृषि नै हो । कृषिको विकाससँगै नीजि सम्पति, राज्य, परिवार, विवाह लगायतका संस्थाहरुको विकास हुनु नै सामाजिक असमानता र त्यसको संस्थागतकरणको आधार बन्यो । जाति, वर्ग, बासी, आप्रबासी आदि यहिबाटै सुरु हुन थालेका हुन् । तथापी यसको विकासक्रमको लामो इतिहास रहेको छ । राज्य सञ्चालनका लागि स्थानअनुसार विविध किसिमका शासनप्रणाली विकासित भए । धेरै समूह गणको रुपमा कविला राज्य बने तर केहीमा राजा महाराजाहरूको पनि विकास हुन थाल्यो । यसरी कृषिको विकासका कारण आदिम अवस्थामा रहेको मानव समाजमा विविध पक्षको विकासहँुदै गर्दा जटिल बन्न पुग्यो । राज्य र राजनीति, अर्थव्यवस्था, सेना, प्रहरी, प्रशासन, परिवार, विवाह लगायतका थुप्रै संस्था र सङ्गठनको यसै समयमा विकासक्रम भयो । राज्यको उत्पति र विकासक्रम राज्य तथा राजनीतिक संस्थाको विकासक्रमका विभिन्न चरणहरूबारे मानवशास्त्रीहरूले व्याख्या गर्दछन् ।
लगभग ८ हजार वर्ष अघि विश्वमा पहिलो शहरहरु देखा परे । तथापी राज्यको विकासक्रमका मुख्य चार चरणहरू रहेको व्याख्या गरिन्छ । झुण्ड (Band), कविला या यायावर(Tribes), मुखिया (Chiefdom), राज्य (State) । मानव पहिलो चरणमा झुण्डकै रूपमा रहे । त्यसबेला सामुहिकताको भावना र सामाजिक संस्थाहरूको समेत विकास भएको थिएन । आधुनिक मानवको उत्पतिपछिको समयमा सामान्य सांकेतिक भाषाको विकाससँगै लगभग एक लाख वर्ष अघि देखि उनीहरूमा सामुहिक अभ्यास र संजाल बन्यो । तर यहाँ सामाजिक असमानता र स्तरीकरणबिना नै समुहको नेतृत्वको प्रचलन रह्यो । धेरैले यी समुहहरु मातृप्रधान थियो भन्दछन् । यो अवस्था विकसीत हुँदै कविला समाजमा परिणत भयो । जब यी कविला समाजमा नेतृत्व जन्म वा वंशका आधारमा हुने तथा समाजमा व्यक्तिगत सम्पतिका कारण असमानताहरू सृजना भयो यसले वर्ग जन्मायो । अनि यही वर्गीय असमानतामा आधारित समाजको अवस्था मुखिया, सामन्त र शासकको रूपमा रहे । त्यसबाट विकसीत अवस्था राज्य हो । जनसंख्या, शासक, कानुन, भौगोलिक क्षेत्रको स्पष्टता हुँदै आजको राज्यको रुपमा विकसित भयो । राज्यको उत्पतिसँगै राज्यलाई व्यवस्थीत बनाउने विभीन्न प्रयासहरु भए । श्रम विभाजन, विभिन्न धार्मिक प्रचलन, सामाजिक व्यवस्था स्थापीत हुदै गए । दक्षीण एशियामा वर्णव्यवस्था पनि यतिबेला देखा परेको मानीन्छ । यहि वर्ण व्यवस्थामा विचलन र बहिष्करणहुँदा तथा राजनीतिक र धार्मिक बन्देजहरुसहित प्रथाको रुपमा जाती व्यवस्थाको उदय भयो । राज्य र व्यक्तिगत सम्पत्तिको धारणाको विकासपछि विस्तारै कृषिबाट अतिरिक्त उत्पादन सुरु भयो । यसले वस्तु विनिमय र व्यापार सुरु भयो । मुख्य गरी नाइल, येल्लो, इयुफ्रेटस, टिग्रिस, सिन्धु आदि नदीको किनारका सहरमा सभ्यता विकास भए । दक्षिण एसियामा गङ्गा किनारमा बस्ती वा सहर बस्यो ।
हालको इराक आसपास पर्ने मेसोपोटामिया विश्वको पहिलो ठुलो र व्यवस्थित सहर हो । त्यसपछि इजिप्टमा सभ्यताको विकास भयो । मेक्सिकोको माया सभ्यता, चिनको सभ्यता आदिको विकास हुँदै गयो । हरप्पा र महेन्जोदारो दक्षिण एसियाका पुराना सहर हुन् र यी सहर विश्वमा त्यतिबेला विकास भएका अन्य सहरभन्दा निकै उत्कृष्ट थिए । लगभग ५५०० वर्ष अघिदेखि ३५०० वर्ष अघिसम्म अस्तित्वमा रहेका ती सहर पछि ध्वस्त भएर गए । जातीय असमानताको परिचय जातीय व्यवस्था हिन्दू वर्णव्यवस्थामा आधारित पेसागत वर्गीकरणको विकृत रुप हो जसले जन्मजातरुपमा समाजका सदस्यलाई विभाजन गर्दछ । अत्यन्त कठोर यो सामाजिक विभेदीकरणले सबैभन्दा तल्लो वर्गका दलित/शुद्र भनिने समुदायलाई त अछुत वर्ग भनी धार्मिक र सार्वजनिक ठाउँ तथा माथिल्लो वर्गसँगको सामान्य हेलमेलमा पनि निषेध गर्दछ । अमानवीय शोषणकारी यही व्यवस्थाकै कारण दलित भनिने समुदाय आर्थिक, राजनीतिक तथा सामाजिक–सास्कृतिक रूपमा पछाडि परेकाछन् । यो प्रथा संसारभर होइन हिन्दू समाजमा मात्र पाइन्छ र यो जन्मका आधारमा निर्धारण हुन्छ । धन, सम्पति वा क्षमता वा योग्यताका आधारमा होइन । यसमा मुख्य जातिको निश्चित पेसा हुन्छ र खानपिन, विवाह आदिमा कठोर प्रतिबन्ध हुन्छ तर हरेक जातमा अनेक उपजातहरु पाइन्छन् । धेरैलाई थाहा छ कि जातीय व्यवस्था हिन्दू समाजभन्दा बाहेकका समाजमा पाइँदैन । विश्वमा पाइने रंगविभेद, इस्टेट तथा अन्य असमानताका रूपहरू जातीय व्यवस्थाभन्दा धेरै फरक छन् । थुप्रै पश्चिमी इतिहासविद्, पुरातत्वशास्त्री तथा मानवशास्त्रीले वर्ण र जाति व्यवस्थाका बारेमा अध्ययन गरेका छन् । त्यसैले जाति व्यवस्थाको उत्पतिबारे अनेकन मत छन् । भारतीय समाजशास्त्री जि. एस्.गुर्ये, एम. एन. श्रीनिवास, राजनीतिशास्त्री अम्वेडकरमात्र होइन बाह्य मानवशास्त्री जेराल्ड वेरेमान र लुइस डुमोन्टका यससम्वन्धी अध्ययनले निकै समय चर्चा पाए । तर आजको ताजा बुझाइ फरक र समृद्ध छ । पुराना बुझाईमा परिवर्तन आएको छ । मतहरु बाझिएपनि जातीयव्यवस्थाको सुरुवात् भारतीय उपमहाद्वीपमा आर्यनहरूको प्रवेशपछि सुरु भएको अनुमान छ । लगभग ३५ सय वर्षअघि उत्तर एसिया र दक्षिणी यूरोपबाट बसाइ सरी यस उपमहाद्विपमा प्रवेश गरी द्रविडीयन, मङ्गोलीयन र अष्ट्रेलीयन प्रजातिलाई भुगोल र शासनबाट विस्थापन गर्दै आफ्नो आधिपत्य फैलाएका आर्यनहरूले नै समाजलाई स्तरीकृत गरेको मानिन्छ ।
जाति व्यवस्थाको उत्पत्ति सम्वन्धी सिद्धान्तहरु र मान्यताहरू विविध छन् ।
हालका मानवशास्त्रीय, पुरातात्विक तथा आनुवंशिक सिद्धान्तहरूको निष्कर्ष नै आजको ताजा बुझाइ हो । यसले दक्षिण एसियामा आदिम समयदेखि बस्दै आएका आधुनिक मानवका समूहहरू, लगभग १०००० वर्षअघि कृषिको विस्तार गर्दै आइपुगेका मेसोपोटामिया आसपासका समूहहरू तथा पछिल्लो समय इरानी पर्वतीय क्षेत्रबाट पशुपालन गर्दै आइपुगेका आर्यहरूको समिश्रसण नै दक्षिण एसियाको जनसंख्या भएको र यहाँका सवै जातिहरूमा विभिन्न अवस्थामा ती तीनवटै समूहको अनुवंश भएको व्याख्या गर्दछन् । त्यसैले जाति व्यवस्था आर्य, द्रभिडियन र आदिमवासी कविलाहरूबीचको विशुद्ध विभाजन नभई अन्तर्घुलित र मिश्रित विभाजन हो । जातीय विविधता र वर्णाश्रम प्रथाका फरक फरक स्वरूपहरूले पनि यस्तै बुझाउँछ । (Boivin, 2007) नेपालमा तिब्बत बर्मेली भाषा समूहतथा मंगोल नश्लका समुदायको समेत मिश्रण रहेको छ । त्यसैले आजको ताजा बुझाई हामीले बुँदा ५ र ६ मा गरेको व्याख्याको नजिक छ । विश्वासिलो र ताजा व्याख्या संश्लेषणत्मक र संक्षीप्त रुपमा वर्ण भनेको श्रम समूह हो । वर्ण र जातीमा भिन्नता छ । वर्ण केवल चार छन् र यसको आधार रंग र पेशा हो । यसको सुरुवात् लगभग ३५०० देखि ३८०० वर्ष अघि आर्यनहरुको दक्षीण एशियामा बसाइसराइँपछि भयो । सुरुमा वर्ण व्यवस्थामा बन्देजहरु तथा अछुत प्रथा थिएन । लगभग २५०० वर्षपछि मात्र यसको विकास भयो । पछि पेशागत विभाजन जन्मजात र अपरीवर्तनीय बन्यो । यसले वर्णलाई जातको रुपमा विकास ग¥योे । सजिलै बुझ्न सकिने कुरा के भने समाजमा श्रम विभाजनको सुरुवातसगै अत्यन्त कम संख्यामा रहेको ब्रामण, क्षेत्री र वैश्यले धर्म र राज्यसत्ताको आडमा बहुसंख्यक शुद्रमाथि शासन गर्न तथा उनीहरुलाई दबाउन विभिन्न किसीमका बन्देजहरु लगाउँदै गए । पेशाको परिवर्तनलाई मनुस्मृतिले अपराधको संज्ञा दिएको छ । यसरी वर्ण कठोर बन्दै गयो । श्रमविभाजनको क्रममा जम्मा चार वर्ण वा श्रम समूह मध्ये सेवा र सिपमुलक कार्य, भौतिक विज्ञानका कार्य, संगित, सूचना वा कटुवालका काम गर्नेहरुलाई शुद्र वर्गमा राखीयो । यस क्रममा पछिमात्र अछुत प्रथा देखियो । छुवाछुत सम्वन्धी विभिन्न सिद्धान्तहरु छन् त्यसमा विवाह उलंघन, धर्मको उल्लंघन, रोगका आधारमा, खानपानका आधारमा वा सामाजिक वहिष्करणको व्याख्या रहेका छन् । सायद धर्म र राज्यका आडमा नीति नियमहरु थुपार्दै जाँदा तल्लो वर्गमा दमन हुन थाल्यो । त्यही विद्रोह रोक्न थप कठोर र छुवाछुतसम्वन्धी बन्देज लगाइए । साथै स्थायी जेल, सेना, कानुन वा अन्य संरचना विकास नभएको परिपेक्षमा छुद्रबाट विद्रोह गर्नेहरुलाई सामाजिक बहिष्करण गर्न थालीयो । यसरी विद्रोहीहरु, दास, बाह्य समूह लगायतका समूहलाई पंचमवर्णको रुपमा दलीत भनिएको हो भन्ने व्याख्या पनि छ । ३५०० वर्ष अघि सुरु भएको जातीव्यवस्था २५०० वर्ष अघि तिर अछुत प्रथाको विकाससँगै नेपाल भित्रियो । नश्ल, रंगभेद तथा दक्षिण एसियामा आधुनिक मानव बसाइँसराइँ अहिले विश्वभर मानवको एकमात्र प्रजाती अस्तित्वमा छ । यो आधुनिक मानव होमो सेपियन्स हो । यही आधुनिक मानव अफ्रिका महादेशमा उद्विकास भएर संसारभर फैलिएको हो । यस अर्थमा हामी सजिलै बुझ्न सक्छौँ कि आज संसारका मानवहरूमा पाइने विविधता यही लगभग १ लाख वर्षको मानव बसाइँसराइँ, निरन्तर अनुवंशमा हुने परिवर्तन र उत्परिवर्तन, पर्यावरण र अनुकुलनको प्रक्रियामा हुने समायोजन तथा जनसंख्याहरूबीचको आपसी घुलन र पृथकता (अलगाव) आदीका कारण देखिएको हो । आज पनि यस्तो शारीरिक विशेषतामा पाइने विविधतालाई आधार बनाई रङ्गभेद तथा वर्णविभेदको रूपमा मानिसलाई भेदभाव गर्दछन् । मानव नश्ल वा रङ्गलाई सामाजिक असमानताको जड बनाएका छन् । तर आजका आधुनिक मानव उद्विकासका मान्यता र मानव विविधतासम्वन्धी सम्पुर्ण अध्ययनले मानिसहरू किन समान हुन्छन् र कसरी भिन्न भिन्न शारीरिक रुपमा विकास भए भन्ने स्पष्ट व्याख्या गरेको छ । त्यसैले आज संसारका सवैखाले असमानता र विभेदका स्वरुप मानव समाजले सृजना गरेको तथा मानवीय शारिरिक भिन्नता उद्विकासको क्रममा देखापरेको व्याख्या छ ।
दक्षिण एसिया र नेपालमा हाल रहेको मानव सम्प्रदाय तथा वर्ण (अंग्रेजिमा रेस) को आगमन र बसोबासको अवस्था विशेष किसिमको देखिन्छ । भर्खरै गरिएका आनुवंशिक खोज, भाषिक तथा पुरातात्विक प्रमाणका आधारमा दक्षिण एसियाको मानव इतिहासको पुरानो व्याख्या तथा तर्कमा हलचल ल्याएको छ । अब लगभग सबै खोजले हरप्पा र मोहन्जोदारो लगायतका दक्षिण एसियाको सिन्धूघाँटी सभ्यता आर्यहरूले बनाएको भन्ने तर्क निराधार र गलत भएको सिद्ध गरेको छ । त्यसैगरी अर्को तर्कको रुपमा दक्षिण एसियाको सभ्यता बनिसकेको समयमा आर्यहरूले आक्रमण गरी सभ्यता ढलेको भन्ने मान्यता पनि गलत सिद्ध भएको छ । हाल भारत र प७त्रगयतसरै दक्षिण एसियामा मिश्रित खालको वंशाणुगत जनसंख्या छ । आनुवंशिक रूपमा शुद्ध नभई एकअर्कामा मिसिएका वंशहरू छन् । मुख्य गरी दक्षिण एसियामा तीन खालको जनसंख्याको अन्तर्घुलन पाइन्छ । यो आनुवंशिक नतिजा पहिलेका ऐतिहासिक र भाषिकसँग मिल्दछ । पहिलादेखि नै आधुनिक मानवको बसाइँसराइँबाट आइपुगी यस क्षेत्रमा बसोवास गर्दै आएका आदिम घुमन्ते सिकार गर्ने तथा बटुल्ने समूदाय एक समूदाय थिए । दक्षिण एसियामा पहिलो बसाइँसराइँ लगभग मेसोपोटामियाकै समयमा खेती गर्न थालेका इरानी समूदायहरूको भयो । गहुँ, जौं जस्ता बालीको खेतीको अभ्यास लिएर यी इरानी कृषक सिन्धूघाँटीमा प्रवेश गरे । यिनीहरू विस्तारै त्यहाँको जनसंख्यासँग मिसिन पनि थाले । यही क्रममा सिन्धूघाँटी सभ्यताको जग बसेको मानिन्छ । यो दोस्रो समूह हो । जसलाई हामी हाल अष्ट्रोद्रभिडियन भाषिक परिवारअन्तर्गत राख्दछौँ ।
लगभग ४००० वर्षअघि ककस पहाडी क्षेत्रको उत्तर तथा अफगानिस्तान पश्चिमको यूरेसियन क्षेत्रको पर्वतीय घाँसे मैदानबाट फेरि अर्को समूह दक्षिण एसिया आइपुग्यो । यिनीहरू भारोपेली भाषिक समूहका मानिस थिए । यसै समूहलाई आर्यइरानेली मानिन्छ । यसैको एक आर्य समूह भारतीय भूमितिर आइपुग्यो । वेदका रचयिताहरू यिनै आर्य मानिन्छन् जसको भाषा संस्कृत थियो ।
विशिष्ट मानिने यो आर्य जातिले हिन्दू धर्म सृजना गरी आफुलाई उच्च स्थानमा राखेको आजको तथ्य छ । नेपालको इतिहास भने फरक छ । हामीसँग मानव वंश र नश्लसँग सम्वन्धित भाषिक, पुरातात्विक, अवशेष शास्त्रीय साथै आधुनिक आनुवंशिक अध्ययन र प्रमाणको अभाव छ । हामी गोपाल र महिशपालहरू को थिए भन्नेमा अझै परिकल्पना र तर्ककै आधारमा मधेसका यादवहरु भन्दछौँ । राई र लिम्वू नै मङ्गोलबाट आएका किरात भनिएको छ । खसहरू पनि यूरेसियाली पर्वतीय घाँसे मैदानबाट पशुपालन गर्दै आएका आर्य हुन् भन्ने छ । तर यस सम्वन्धी प्रयाप्त आनुवंशिक अध्ययन छैन । मानव इतिहास राजनीति र शक्तिको पनि एक खेलको क्षेत्र हो । त्यसैले हामी लगभग सबै तिब्बतीय वा भोट चिनियाँ भाषा वोल्नेहरू उत्तरबाट र भारोपेली भाषिक परिवार अन्तर्गतका भाषा बोल्नेहरू दक्षिणबाट बसाइँ सरेको तथा केहि पहाडीया जनजाती र मधेसीहरु रैथाने भन्ने तर्क गर्नुपुर्व विज्ञानको खोज र विधिमा भर पर्नु पर्दछ । भर्खरै पनि नेपालका खसहरू इरान र बेविलोनियामा कश वंश थिएनन् बरू चिनको पर्वतीय क्षेत्रबाट आएका हुन् भन्ने व्याख्या अगाडि आएको छ । यसो हो भने ब्राह्मण इरानी स्टेपका चरिचरन गर्ने तथा क्षेत्री र खसहरू इरानी खेती गर्ने समूदाय भनी कतिपय भारतीयले भनेका कुरा सत्य नहुन सक्छन् । नेपालको मानवशास्त्रको विकाससँगै कुन कुन समूदाय कुन कुन भूभागबाट र कहिले आएका थिए भन्ने अध्ययनले वैज्ञानिकता पाउने तथा बसाईँसराइँ र नेपालकै इतिहासको ताजा वैज्ञानिक तथ्यहरू छिट्टै हाम्रो सामु हुने आशा गरौँ ।
***
Author: प्रमेश पोखरेल
Labels: Nepali, Social Discourse
![]() |
Author: Madhu Karki |
घाम लाग्यो, वर्षात भइदियो।
किन अचम्म मान्दैन चाँदनी?
निद हराउने रात भइदियो।
आफ्नो जस्तो लागेन जिन्दगी
भाँचिएको झै हात भइदियो।
लेख्न चाहिँ पीडा हो लेखेको
पढ्नेलाई क्या बात! भइदियो।
दूर देखि पुजा जो गरिरहें
आज भेट साक्षात भइदियो।
***
अर्कान-२१२१२-२१२१२
बहर-खलील मुरब्बा सालिम
काफिया- आत
रदीफ- भइदियो
Labels: Nepali
Authors: Pramesh Pokharel [1], Youth ICC [2]. Asia, La Via Campesina [3]
General Secretary, All Nepal Peasants Federation
![]() |
Photo Source: Social Media |
UN Declaration on Peasants' Rights
We know about various United
Nations instruments to protect the rights of people and communities. such as
the Universal Declaration of Human Rights (UDHR, 1948), the Covenant on
Economic and Socio-Cultural Rights (CESCR, 1966), Rights of Disabled Persons
(1975), Indigenous Peoples' Rights (2007), VienaDeclaration (1993), ILO 169,
Refugee Rights (1951), Women's Rights (CEDAW, 1979), and Children's Rights
(1989), etc. These international instruments have played an important role in
protecting the rights of respective groups, democratically transforming
communities, and harmonising national laws.However, in the case of For small
food producers, who are mainly the victims of systemic and structural crises,
these UN Standards were insufficient. This is why and how peasants around the
world have fought for their rights. declaration for at least 30 years. This
campaign, started by La Via Campesina 30 years ago, started the formal process
20 years ago, after a long and tedious struggle at different levels, the
UN Declaration on the Rights of Peasants and Other People Working in Rural
Areas (UNDROP) has been areality today. Many of us still may not know, but on
December 17, 2022, it will have already been four years since that great
historical day when it was passed by the United Nations General Assembly in 2018.
The History of UNDROP: The Journey from a Small Village in Indonesia to the
United Nations
Yes, history has been created. After a really tough fight against corporations
and corporate-led governments, and reactionary forces, as well as the struggle of
peasants all over the world under the direction of the global peasant movement.
La Via Campesina has been successful. Those who feed the world and live in
harmony with nature have a moment of joy after the United Nations General
Assembly [5] approved the UNDROP on December17, 2018. The movement led a
bottom-up journey that started in the villages of Indonesia in 2001 A.D. and
ended with a historical achievement. 119 votes in favor, 7 votes against,
approved the resolution against, and 49 abstentions. The issue of
"peasants' rights" started with the LVC's struggle against
neo-liberalism and the birth of the concept of food sovereignty With the
initiative of SPI [6] (Serikat Petani Indonesia), the process from2001 to 2008
was internal, with the Indonesian government. La Via Campesina adopted the
draft declaration in 2008. Two years later, the UN Human Rights Council
instructed the 18 independent expert members of its Advisory Committee to
propose ways and means to protect the rights of peasants and other people
working in rural areas. The Advisory Committee strongly proposed the need for
protecting peasants' rights and presented its final study. The Human Rights
Council adopted the draft declaration in September 2012. Then, in 2012, UNHCR
created an open-ended intergovernmental working group to negotiate the draft
declaration. There were many changes in the draft during its fifth round [7] of
the open-ended intergovernmental working group (OEIWG) in the Human Rights
Council Geneva for five years.
Success: A Glorious Victory
This declaration is
now a historical document. The rights enshrined under the Declaration are not
just of farmers but also of fisher folks, pastoral communities, indigenous
people, migrant and seasonal workers, dairy workers, rural women, youth, etc.
It recognises all of them as rights holders (individual and collective) and
provides for various protections from the state. Through this declaration,
millions of Peasants around the world will be able to reclaim their rights to
feed their families and communities, as It recognises the fundamental role of
small-scale food producers while also offering them tangible prospects for
decent working and living conditions, consequently making this world a safer
place for peasants.
The document has now bridged the legal gaps with regard to the protection of peasants’ rights and other people working in rural areas at the international human rights level. Though it is not legally binding, it is sufficient to argue in legal instances at all levels. For peasant movements, this new instrument can be an important point of reference in their local struggles for seeds, land, or better working conditions.
La Via Campesina, along with some other organisations (International Land
Coalition, La Via Campesina, The International Union of Food, Agricultural,
Hotel, Restaurant, Catering, Tobacco, and Allied Workers’ Association (IUF),
World Forum of Fisher Peoples (WFFP), Federation of Rural Adult Catholic
Movement (FIMARC), International Indian Treaty Council (IITC), Association
Centre Europe-Tiers Monde (CETIM), FIAN International, International
Association of Democratic Lawyers (IADL), Bread for All, South Asian The
Feminist Alliance for Economic, Social, and Cultural Rights, among other
groups, was very important in this process. Human Rights Council Chair
Ambassador of Bolivia Angélica NNavarro,and progressive states of
Bolivia, Cuba, Venezuela, Nepal, etc. strongly favoured the declaration from
the beginning, whereas few neo-liberal states including the UK, US, and some
members of the EU were against it.
Contents of the Declaration
The final declaration has 28 articles and a two-page-long preamble. The preamble
has recognised and addressed the challenges faced by small food producers
around the world and highlighted the need for Ensured food sovereignty will
solve many peasant and agricultural problems. With the clear definition of
peasants (Article One), it has highlighted the duties and obligations of the
state to ensure the rights enshrined in the declaration. Similarly, the
declaration demands that the rights to food, to land, rights to seeds, and
biodiversity, and safeguarding traditional knowledge and practises of Peasants
should be protected. The declaration also protects, recognizes, and values the
work of small food producers, mainly peasant women.
The peasant's rights declaration has also addressed the fact that neoliberal
policies and corporate agriculture are the major threat to small food
producers. Being a compromised document, the document may not be as progressive
as we expect or want, but to have such a document from the UN system is really
a success. Though, it could not ask the state to ensure the right to food
sovereignty and move towards sustainable local agroecological practises banning
harmful transgenic seeds, poisonous pesticides, and chemicals; there are
provisions that have clearly mentioned that agroecological practices and food sovereignty
are the right way. Therefore, it is really a progressive document to ensure the
rights of small food producers and ensure their dignified lives.
Time to celebrate, time to act
If we do not use the documents in our struggle, if we do not ask our states to ratify and implement this, we will fail declaration, and it will not have an impact on the lives of peasants around the world. Therefore, we have a huge responsibility ahead. We must counter existing anti-peasant provisions in the legislation that are not in accordance with the declaration. We need to pressurise the governments of all levels—local, provincial, and federal to make it necessary to implement the provisions of the Declaration.
There are more tasks ahead. Immediately, the declaration is translated into the
local language, and Training trainers for massive awareness is important.
Formation of pro-peasants Public policies and The right of peasants to live
under the rule of law is equally important. At the same time, at the global level,
lobbying in the United nations, especially in the International Fund for
Agricultural Development, Food, and Agriculture Organizations and United
Nations human rights commissions are equally important to form the Mechanisms
for implementation and integration into other agendas of a decade of family
farming, Sustainable development goals are urgent. Peasant activists need to
use these tools at all levels of advocacy, campaigning, and organisational
work.
Addressing the Dilemmas of Humanity
At the moment, not only peasant communities, but humanity as a whole, are
threatened by various threats. manifestations of neoliberal capitalist crises
such as health crises, ecological crises, and food crises. For the present
generation of the world, it was evident again that Capitalism is the major
cause of all the challenges we are facing today. With increasing inequality,
injustices, and hunger in the world, the devastation of the natural environment
resulting in the climate crisis; degradation of the agricultural The
environment and peasant marginalisation are direct consequences of neoliberal
corporate policies. Capitalist system. The clear difference in socialist and
capitalist responses to crises, especially the The pandemic of COVID-19 has
called for a shift in policies from neoliberal to socialist. while countries
with socialist governments such as Cuba, China, Kerala State of India, etc were
successful in containing the Pandemic as well as protecting people from the
food and other crisis, people in capitalist states suffered the most.
Therefore, the demands put forward by La Via Campesina under the banner of
"food sovereignty" have been proven to be the right way to address
the challenges faced by humanity today, especially to face the challenge of the
food crisis, agrarian crisis, and ecological crisis. UNDROP is an important
tool to achieve food sovereignty.
We all know that neoliberalism exacerbated global inequality and injustice, which is why food sovereignty is so important. is the right way to transform agriculture and address hunger and poverty. Consider the following example: during the pandemic period, when the borders were sealed, industries and transport were closed, and most people in the world were under lockdown, the peasants of the world were producing food and feeding the world. They were the ones who were following the health protocol of staying at home as well as doing their farm work. The same small-scale food producers around the world who rarely rely on outside assistance for inputs, markets, labor, and transport, whom the capitalist world undermines as traditional, rural, unprofessional farmers; actually, they were feeding the world when the world trade regime collapsed and industrial farming shut down. That is why we say, small producers are the stewards of nature; they feed the world. The message given by small producers, that peasant agriculture is not only eco-friendly, healthy, and humanitarian but also can feed the world; has been validated. They are saying that now is the right time to change the system and move to a localised food system and food sovereignty.
Why do we need the Peasants' Rights Law in Nepal?
Food sovereignty is
enshrined as a fundamental right of the people in Nepal's constitution. We
already have the law to implement it. It's time to implement it. The protection
of the rights of Peasants also facilitate and support the implementation of
principles of food sovereignty. Similarly,The government of is also one
of the countries that have voted for the peasants' rights declaration at the
United Nations. Therefore, it is bound to ratify and implement it in the
context of Nepal. Now is the time has come to be the first country to draught
the bill and release the peasants' rights law.
The peasants' movement, especially ANPFa in Nepal, has been very active to make
sure that the rights of farmers are respected of peasants;. At the
international level, ANPFa has been a core part of UNDROP. Therefore, to
address The government must initiate the process in order to meet the demands
of the peasants' movement.In fact, we have already started the process, and the
National Peasants Commission has submitted the draft bill to the Ministry of
Agriculture. Therefore, it is urgent to move forward.
It is also urgent to have this law as peasants' rights are highly neglected and
undermined in Nepal. The image of agriculture and peasants is very bad.
To ensure the dignity and protect the rights of the majority of For the people
whose lives and livelihoods depend on agriculture, we need a legal tool at the
national level.
Conclusion
The capitalist world is full of contradictions and paradoxes. This, along
with the historically highest levels of inequality, system lives with the
paradox that those small food producers—peasants, landless people, rural
workers, herders, forest dwellers, pastoralists, fisherfolk, and people living
in rural areas who produce more than 70% of the world's food in harmony with
nature are not having a dignified life like other human beings. Peasants
are sidelined by mainstream policies of neoliberal capitalism, highly
neglected, and excluded from the though called "politico-economic
development." Unfortunately, the same population constitutes the majority
of people living with poverty and hunger, suffering from violence, displacement,
and Marginalization lacks access to and control over resources. If we see the
reported formal statistics too, They are not only the primary victims of civil
and political rights violations [4, but also of inhumane treatment]. seed laws,
profit-mongering agri-policies, dislocation of multinational corporations, and
chemical farming practices. Surprisingly, no specific human rights or
international law instrument existed to safeguard their rights. Therefore,
let's hope that the government of Nepal acts accordingly to address the reality
of food sovereignty and move forward with drafting the peasants' rights bill.
***
[1] Pokharel is a peasant activist and the author of Krisiko Samajbadi
Rupantaran (2075).
[2] ICC means International Coordination Committee, the Executive Board of LVC.
[3] La Via Campesina (LVC) is the largest peasant network of peasants and other
people working in rural
areas with the membership of around 180 organisations from more than 80
countries around the world.
[4] In 2017 only, around 1000 peasants were killed in many parts of the world,
including 57 in Brazil
[5] The Third Committee (Social, Humanitarian, and Cultural) of the UN General
Assembly voted in favour
of the UN Declaration on the Rights of Peasants and Other People Working in
Rural Areas, through
Resolution no. A/C.3/73/L.30
[6] SPI is a member of LVC in Indonesia.
[7] The final and fifth session of the open-ended intergovernmental working
group (OEIWG) on a United
Nations Declaration on the rights of peasants and other people working in rural
areas was held in April 2018.
Labels: Social Discourse
![]() |
Author: लीलाराज दाहाल |
“हैन, यो दर्के झरीमा त नगए नि हुन्न पदयात्रामा तिर” श्रीमतीको प्रेमिल कचकच थामिएको थिएन । बिहानको छ बजेर तीस मिनेट भैसकेकोथियो । झमझम पानी परिरहेकै थियो बाहिर ।“जान त जान्छु ! आज शनिबार हो । एकछिनमा पानी रहन्छ होला !” यति भनेर हतारहतार झोला ठीक पार्न थालें ।
२०७६ साल श्रावण चार गते बिहान सात तीस बजेसम्म बल्खुमा उपस्थित भैसक्नु भन्ने स्नेही हुकुम छ संयोजक शीतल गिरीको ! कोठामै सातबज्न लागेकाले पानी रहने आशा नगरी झोला र छाता टिपेर हतारहतार बाहिरिन्छु कोठाबाट ! बल्खु चोक पुग्दा संयोजक शीतल गिरी र डा. धनप्रसाद सर बाहेक अन्य पदयात्रीको अनुपस्थितिले आफु छिटो दगुरेकोमा चिनी बिनाको सर्बत जस्तो खल्लो भयो मन ! अव हामी माझ अन्यपदयात्रीहरूको प्रतीक्षा गर्नु बाहेक अरू विकल्प पनि थिएन ! पदयात्रीहरू कोही कताबाट, कोही कताबाट थपिने क्रम जारी थियो । लेखकएबमं सम्पादक नवराज रिजाल, गीतकार/संगीतकार नारायणप्रसाद भण्डारी जनकपुरी, साहित्यकार दम्पती परशुराम पराशर शारदा पराजुली, घनश्याम प्रसाईं र बशन्त रिजालको उपस्थितिले आजको पदयात्राको इज्जत जोगिने अनुमानकासाथ पदयात्रा टोली बल्खुबाट प्रस्थान गरेको थियो !
कुमारी क्लवबाट बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरे र शुन्दरीघाटबाट मन्दिरा मधुश्री, शान्ति सापकोटा र निशा के.सी.को टोली आएरमिसिएपछि हाम्रो टोली चोभारतिर लाग्यो । बल्खु–दक्षिणकाली सडकखण्डको टीयूगेट पार गरेपछि पुरै सडक अधिनस्थ गरी, पदयात्रीहरू लंगमार्च गर्दै अघि बढिरहेका थियौं । हिंडाइको गति मापन गर्दै पदयात्री शारदाको ओठ खुल्यो, “ उकालो हिंड्न त जति पनि सक्छु तर ओरालोमा गाह्रो हुन्छ कि !” “ गाह्रो भए बोक्नलाई परशु दाजु हुनुहुन्छ नि ! किन आत्तिएको सिस” मन्दिरा मधुश्रीले यति भन्दा एकपटकहाँसोको लहर फैलियो । बोल्न को भन्दा को कम ! हिंडेर मात्रै हो र बाटो काटिने ! चोभारगेटबाट आदिनाथतर्फ उक्लंदा कोही फोटो खिच्न त कोही बनस्पति र पर्यावरण अवलोकनमा ब्यस्त रहे । आदिनाथको आधा उकालो पार हुनलाग्दा पो लघुकथाकार एवं पत्रकार डिल्लीरमणसुबेदी झुल्किए । बीच बाटोमा स्वागत गर्ने उनको यस्तो शैली साँच्चै तारिफयोग्य थियो ।
हाम्रो लक्ष्य भनेको न त फोटो खिच्नु मात्रै हो न त खुरूखुरू हिंड्नु मात्रै, बरू यी सबै कुराका अतिरिक्त जनजीवन र संस्कृतिको अध्ययन, अवलोकन मुख्य कुरा हो । केही बेरमै हामी सल्लाघारी बिचैबिच उक्लिँदै आदिनाथको मन्दिर परिसरमा पुग्यौं । मन्दिरपूजाको बिरोध गरे पनिमन्दिर पुगेपछि कसैले घण्ट बजाएको, कसैले पुजारीबाट टीका थापेको त कसैले मूर्तीमा शीर राखेको दृश्य भने रमाइलो थियो ! “आजकोबारेमा तपाइले लेख्नु पर्ने भएकोले यस मन्दिरको संस्कृति र पुरातात्विक महत्वको बारेमा जानकारी लिनुहोला” भन्दै मतिर फर्केर संयोजकशीतल गिरीले अरू थपे “आदिनाथ भनेका गोरखनाथका पनि गुरू हुन् । रोगबाट जोगिन र भाकल पुरा गर्न यस मन्दिरमा भाँडाकुँडा चढाउने चलन छ ।” हामीलाइ न त भाकल पुरा गर्नु थियो न त केही माग्नु नै थियो । यस्ता कुरामा विश्वास पनि थिएन । मन्दिर अवलोकन र फोटोखिच्ने कार्यसम्पन्न गरी हामी छिटै नै बाहिरियौं ।
हामी मन्दिरको खोजीमा नभए पनि फेरि बाटोमा बैष्णोदेबीको मन्दिर आइपुग्यो । मन्दिरको छेउमा रहेको रूख, जुन रूखको बिरूवा जंगबहादुरराणाले बेलायतबाट ल्याएर रोपेको भन्ने गरिन्थ्यो, बाँदर झुक्किने रूखका रूपमा प्रसिद्द थियो । चारैतिरबाट घुमीघुमी बाँदर झुक्याउने ?खकोअवलोकन गरेपछि साथीहरूत्यसैको फेदमा केहीबेर सेल्फीको आनन्दमा रमाए । केही पदयात्री भने अलि तल रहेको मसानघाटको अवलोकनार्थ जाँदै थिए । केही थाकेकी जस्ती देखिएकी मुक्तककार निशा के.सी. भन्दै थिइन्, “लौ तपाईंहरूनै जानुस्, हेर्नुस् ! आफ्नो त त्यता जाने बेला भएको छैन ! यतै बसिरहन्छु !” उनको भनाइ सुनेर हामी निकैबेर हाँसिरह्यौं । उनको ठट्टाले गहन अर्थ बोकेको थियो ।मसानघाट हेरेर पदयात्रीहरूफर्केपछि संयोजक एवं पुरातात्विक अन्वेषक शीतल गिरीले भने,“सार्वजनिक स्थानमा मानव अतिक्रमणले पुरातात्विक सम्पदाहरू नास हुने क्रममा छन् । त्यसको ज्वलन्त उदाहरण यो आर्यघाट पनि हो । यो अहिले निकै खुम्चिएको छ !”
त्यहाँबाट हामी अघि बढेका थियौं करीव नौ बजेतिर ! भाजंगल, पाँगा हुदै हाम्रो यात्रा दुधपोखरीतिर सोझियो । खेतको फाँट नियाल्दै हिंड्दापर पर देखिने धानको हरियालीमा रमायो मन ! धानखेतका गरालाई टुक्राटुक्रामा विभक्त गरेर घंडेरी बनाएको देखेर नवराज रिजालको मनमाबिभिन्न कुरा खेल्न थाले । उनले सोचमग्न भएर भने, “लु हेर लीला भाइ ! धान फल्ने ठाउँमा सिमेन्टका पिल्लर फल्न थालेपछि कृषिमा कसरी आत्मनिर्भर हुन्छ देश ?” बास्तवमा कुरा सत्य थियो । अलि पर पुग्दा ब्यबसायिक तरकारी खेती गरेको देखेपछि मात्रै उनको उदास मन प्रसन्नभएको थियो । तरकारी बारीमा फलेका कलिला काँक्रामा एनबी जनकपुरीका आँखा अड्किए ! उनी तरकारी टिप्दै गरेकी महिलातिर फर्केर कराए, “काँक्रा कसरी बेच्ने हो साहुनी ?” सय रूपैंयामा पांचवटा कलिला काँक्रा लिन सफल भएका जनकपुरी दाइ भित्रैदेखि प्रसन्न देखिएका थिए । उनीबाट उपहार स्वरूप प्राप्त काँक्राले तिर्खाएको आंत केही रसिलो भएको थियो मेरो पनि ! अलि अगाडि अगाडि हिंडेका पदयात्रीहरू त बाटामा पर्ने पसलमा बसेर फेन्टाको चिसोमा रमाउंदै रहेछन् ! त्यहाँबाट खेतको आलीआली हिंडेर हामी पांचपोखरी पनि भनिने दुधपोखरीमा पुग्यौं । अवलोकन ग¥यौ । चारैतिर हेर्यौ । ढुंगेधाराको प्रयोग सम्बन्धमा पालना गर्नु पर्ने नियमहरू उल्लेखित सूचना पाटीमा सबैका आँखाहरू अल्झिए केहीबेर ! सूचना पाटीमा बास्तविक कुरा लेखिएका भए पनि हाम्रा आँखाहरूले अश्लिल अर्थ लगाइरहेका थिए !
अझ भक्त राई पनि भएको भए उनका आँखाले छुट्टै अर्थ लगाउँथे भन्ने सोचेर म केहीबेर भित्रैदेखि मुस्कुराएँ ! धारा परिसरमा कपडा धुनलागेका नवयौवनाहरूसंग त्यहाँको बस्तुस्थिति बुझ्नका लागि पदयात्री मन्दिरा, शान्ति र निशा अन्तर्वार्ता लिन तयार पत्रकार झैं झुम्मिएका थिए! धारामा नुहाइरहेका पुरूषहरूप्रति लक्षित सूचनाबाट आँखा हटाएर वरिपरिको पर्यावरण नियाल्दा ढुंगेधाराको छेउमा शालीन्हसमुख नियात्राकार, संस्मरणकार अच्युत खनाल भेटिनु भयो ! उहाँसंग केहीबेर बातचित भए । उहाँ उसै भेटिनु भएको भने होइन । शायद नवराज रिजालको जनाउ थियो उहाँलाई । हाम्रो यात्रामा उहाँले निकैबेर साथ दिनुभएको थियो । हामी त्यहाँबाट मत्सेनारायण तर्फ बढ्यौं ।बाटोमा भोजनको लागि उपयुक्त स्थानको खोजी पनि गर्दै थियौं । चुन्देबी मन्दिर परिसरलाई भोजनालय मानेर पेटपूजा गर्दा मध्यान्नभैसकेको थियो । आपसमा खानेकुरा बाँडेर खाँदाको आनन्दले शरीरको आलस्यता पुरै दूर भैसकेको थियो ! शीतल पवनको स्पर्शले थकितज्यानमा नयाँ उमंग भरियो! त्यसमाथि भोको पेटमा परेको अन्नको उर्जाले सबैको अनुहार सुर्योदयपछिको क्षितिज जस्तो उज्यालो देखिएको थियो ! केहीबेर सुस्ताएपछि त्यहाँबाट अघि बढेको हाम्रो टोली मत्स्यनारायणको मन्दिरमा पुगेर अडियो । शिकार अगाडि पुगेको शिकारीले हतियार ठिक्क पारे झैं सबैले आ-आफ्ना मोबाइल झिकेर क्यामेरा ठिक्क पारे फोटो खिच्नलाई ! फोटो खिचेर फेसबुकमाराख्ने चलन हाम्रोजीवनको अभिन्न अंग भैसेकेको छ अचेल !
“आखिर नयाँ ठाउँमा पुगेको प्रमाण भनेकै फोटो त हो !” लघुकथाकार डिल्लीरमणको निष्कर्ष यस्तै थियो ! वरिपरिको वातावरणमा रमाउंदैथिए सबै ! मेरो मनमा भने एक्कासी एउटा हाइकु रचनाको बिजारोपण भयो !
नयाँ नेपाल
मन्दिर घुमी पूजा
भौतिकवादी !
यतिखेरै पानी दर्कन थाल्यो ! झोलाहरूबाट छाता निस्किए ! त्यहाँबाट हामी अघि बढ्यौं । अव हाम्रो अन्तिम गन्तव्य भनेको मातातीर्थ ! लामालामा पाइला गरेका छौं। मुक्तककार निशाले रेनकोट लगाएपछि कसले चिन्ने ! मन्दिरा र शान्ति आफ्नै तालमा गफिंदै हिंडिरहेका थिए ।नवराज रिजाल, धनप्रसाद र म पनि चुप लागेका थिएनौं ।
श्रीमतीले ओढेको छाता आधा आफुतिर ढल्काएका पति परशुरामलाई कवि शारदा भन्दै थिइन, “आफ्नो छाता चाहीं कहिलेलाई साँच्नुभएको हजुरले?” परशुराम शारदा बीचको प्रेमिल ठट्टा मस्करीले यात्रालाई अझै रोचक बनाइरहेको थियो । मलाई हिंड्न गाह्रोभैरहे पनि मातातीर्थ आइपुग्न लागेको सूचनाले खुसीको लहर छाएको थियो मेरो अनुहारभरि ! गोडाहरू एकछिन सुस्ताउने रहरमा थिए ! सबैभन्दा जेष्ठ शीतल गिरी नवयुवक झैं ठमठम हिंड्दै थिए । घनश्याम, ध्रुब, बशन्त, नवराजहरू अझै बीशौं कोशको दूरी नाप्न सक्ने उर्जा लिएर अघि बढ्दै थिए ! म पो निकै गलेको थिएँ यो पटक ! मातातीर्थ परिसरमा पुगेपछि पो पदयात्रीहरू खुसीले भरिंदै माताको मूर्तीवरिपरि झुम्मिए ! मातातीर्थ मन्दिरपरिसरमै साहित्यिक कार्यक्रम गर्ने योजना थियो ! बस्ने ठाउँको अभावले केहीबेर अलमल भएपनि अन्तत आफुले बोकेका पत्रिकाहरूलाई ओछ्याएपछि कार्यक्रम स्थल तयार भएको थियो ! डिल्लीरमणको उद्घोषणमा साहित्यिक कार्यक्रम शुरू भयो । मातातीर्थको प्रांगण भएकालेधेरै सर्जकहरूले आफ्ना सिर्जनामा आमालाई सम्झिए ! कार्यक्रम रोचक मात्रै भएन, हरेक हिसाबले सम्झन लायक पनि भयो ! घनश्याम प्रसाईंको गीतमाथि ध्रुब घिमिरेको टिप्पणी उल्लेखनीय थियो । वाचक मात्रै भएनौं, स्रोता पनि भएका थियौं ।
करीव दुई तीस भन्दा बढी भैसकेको थियो समय ! आजको पदयात्राको घोषित अन्तिमबिन्दु पनि यही थियो । मातातीर्थबाटै बस चढेर फर्कनेकि थानकोट झर्ने भन्ने बिषयले टड्कारो समस्याका रूपमा केहीबेर गिजल्यो हामीहरूलाई! धेरै सदस्यहरूको राय थानकोट झर्ने भन्ने रहेकालेफेरि यात्रा बढायौं ! तर थकित पैतालाहरूभने मातातीर्थबाटै बस चढ्ने अडानमा एकमत थिए !
***
बागमती ११, कर्मैया, सर्लाही
Labels: Nepali